डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चको आदेश

593

काठमाडौं, २४ पुस ।  सर्वाेच्च अदालतले अवहेलना मुद्दामा डा. गोविन्द केसीविरूद्द पक्राउ पूर्र्जी जारी गरेको छ ।
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । अनशनपूर्व पत्रकार सम्मेलन गर्दै डा. केसीले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र प्रधानन्यायाधीश पराजुली माफियाको डन भएको बताएका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन सर्वाेच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।

Leave A Reply

Your email address will not be published.