एमाले – माओवादी पार्टी एकिकरण पहल सुरु

5,481

काठमाडौं, पुस २८ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरणका लागि छलफल गर्न कार्यदलको पहिलो बैठक आज बस्दैछ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा दुबैदलका नेताहरु सम्मिलित कार्यदलको बैठक सिंहदरबारमा बस्न लागेको हो ।
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले पार्टीएकताभन्दा पनि बैठकले साझा उम्मेदवार छनोट गर्ने बताइएको छ ।

यसअघि पुस २५ गते बसेकोएमाले–माओवादी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.