कांग्रेस नेता धनराज गुरुङ सडकमा जुत्ता पालिस गर्दै…

740

काठमाडौं, माघ १६ । शहीद दिवसको दिन मंगलबार विहानै बानेश्वरमा नेपाली कांग्रेसका नेताहरुले सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरे ।
कांग्रेसका चर्चित नेता धनराज गुरुङ, चन्द्र भण्डारी लगायतका नेताहरुले पैदलयात्रुको जुत्तामा पालिस गरे । ‘नेपालको राजनीति फोहोर भएको छ । जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने हाम्रो अभियान हो’ कांग्रेस नेता गुरुङले भने । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर यो प्रतिकात्मक कार्यक्रम गरेको हो ।

Leave A Reply

Your email address will not be published.