यस कारण हुन्छ क्यान्सर, बच्न यसो गरौं

30

काठमाडौं, २१ माघ । असन्तुलित खानपान र जीवनशैलीकाका कारण क्यान्सरको जोखिम बढ्दै गएको डाक्टरले बताएका छन् । डाक्टरका अनुसार खानपानमा ख्याल नगर्दा क्यान्सर लाग्ने खतरा ३० प्रतिशत बढी हुन्छ ।

मासुको धेरै प्रयोग र मासुलाई भुटेर, तारेर वा साँधेर खाँदा क्यान्सर लाग्ने खतरा धेरै हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठले बताउनुभयो । यस्तै, प्लाष्टिकमा राखेको खानेकुरा र चिल्लो, पिरो अमिलो, मोटो मानिस र शारीरिक व्यायाम नगर्नेलाई क्यान्सरको खतरा धेरै हुने उनले बताए ।

यस्तै चुरोट र सुर्तीजन्य वस्तु खाँदा पनि क्यान्सर लाग्ने खतरा उच्च हुन्छ । सुर्ती र चुरोटकै कारण हरेक वर्ष क्यान्सरका विरामी बढेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले बताए ।

नेपालमा चुरोट र सुर्तीको प्रयोग बढ्दै जाँदा फोक्सोको क्यान्सरका विरामी बढेका छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएका डाक्टर बरालले जानकारी दिए ।

पाठेघर र स्तन क्यान्सर बंशानुगत रोग हो । समयमा नै क्यासर भएको पत्ता लागेमा क्यान्सर निको पार्न सकिन्छ । तर धेरैजसो बिरामीहरु क्यान्सर लागेर थलिन थाले पछि मात्रै उपचारमा जाने हुँदा उनीहरुलाई बचाउन मुस्किल भएको डाक्टरले बताएका छन् । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ ।

क्यान्सर रोगका चिन्ह र लक्षण
क्यान्सरका लक्षण बिरामीको शारीरिक अवस्था, अंग र प्रकृतिअनुसार फरक–फरक किसिमको हुने भएकाले एकै व्यक्तिलाई सवै खाले लक्षण देखा पर्दैैन । यी लक्षण सुरुमा सामान्य खालको अरु रोगसंग मिल्दोजुल्दो हुन्छ, जसले गर्दा रोगको लक्षणअनुसार धेरैले सामान्य उपचार गरिरहेका हुन्छन् । जस्तो फोक्सोको क्यान्सर भएमा क्षयरोगको जस्तै लक्षण देखा पर्ने भएकाले कतिपय मानिसले क्षयरोगको उपचार गरिरहेका हुन्छ । केही समय पछि रोग बढ्दै जान्छ र विभिन्न असामान्य लक्षण देखा परि क्यान्सरको निदान गर्दा रोग फैलिसकेको हुन्छ ।

यी लक्षण प्रभावित अङ्ग र रोगको फैलावटअनुसार बेग्लाबेग्लै किसिमका निम्न अनुसार हुन्छ:

१. पाचन प्रणालीस् मानव शरीरमा महत्वपूर्ण प्रणालीको रुपमा रहेको पाचन प्रणालीका अंगमा क्यान्सर लागेमा खाना खान तथा तरल पदार्थ निल्न अप्ठेरो हुने, खान रुची नहुने, राम्ररी नपच्ने, वाकवाक लाग्ने, बान्ता हुने, दिसा कब्जियत हुने वा पखाला लाग्ने, दिसामा रगत देखिने, पेट ढुस्स हुने,फुल्ने वा दुख्ने, शरीरमा रगतको कमी हुने, ज्वरो आउने, शरीर शिथिल हुने, सामान्य काम गर्दा पनि थकाई लाग्ने आदि विभिन्न लक्षण देखिन्छन् ।

२. श्वास प्रणाली : यस अंगको क्यान्सर भएमा लामो समयसम्म सुख्खा खोकी लागिरहने, खकारमा रगत देखापर्ने, स्वर परिर्वतन हुने ९धोद्रो०, स्वाँ–स्वाँ हुने, छाति दुख्ने, मन्द–मन्द ज्वरो आउने, शरीर कमजोर अनुभव हुने, रिंगटा लाग्ने, रगतको कमी देखिने आदि लक्षण देखापर्छन ।

३. पाठेघर: महिलाको शरीरमा पाठेघर, डिम्वाशय, डिम्बनली प्रमुख प्रजनन अंग हुन् । यी अंगमा क्यान्सर भएमा महिनावारी नहुँदा पनि रगत देखापर्ने, यौन सम्पर्कपछि रगत देखा पर्ने, महिनावारी सुकिसकेका महिलाको पुनः रगत आउने, महिनावारी हुँदा रगत धेरै बग्ने वा धेरै दिनसम्म बगिराख्ने, सेतो पानी निस्कने आदि असामान्य लक्षण देखिन्छन् ।

४ स्तन : स्तन क्यान्सर महिलालाई हुने क्यान्सरमा विश्वमा प्रथम स्थानमा आउँछ । यो क्यान्सर पुरुषलाई पनि हुने गरेको छ । स्तनमा क्यान्सर हुदां स्तनमा गाँठागुँठी देखापर्ने, मुन्टोको आकारमा परिवर्तन हुने, मुन्टोबाट रगत वा पीप मिसिएको दुध आउने र काखीमुनी गिर्खा देखापर्ने आदि लक्षण र चिन्ह देखा पर्दछन् ।

५. छालाः यसको क्यान्सर हुँदा छालामा भएका घाउखटिरा धेरै दिनसम्म निको नहुने, शरीरमा भएको कोठी वा मुसा एक्कासी बढ्ने आदि लक्षण देखा पर्छन् ।

अन्य लक्षणः

उपरोक्त लक्षणका साथै क्यान्सर लाग्दा अन्य विभिन्न लक्षण पनि देखा पर्छ । जसमा थोरै समयमा शरीरको वजन घट्ने, भोक, निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी देखिने, साधारण काम गर्दा पनि थकाई लाग्ने, लामो समयसम्म ज्वरो आइरहने इत्यादि लक्षण देखा पर्दछन् । कतिपय अवस्थामा कुनै पनि लक्षण देखा नपरे सामान्य स्वास्थ्य जाँचबाट पनि क्यान्सर लागेको पत्ता लाग्छ ।

क्यान्सर रोगको निदान गर्ने तरिका
क्यान्सर रोगको निदान गर्नका लागि सम्वन्धित चिकित्सकको सल्लाह अनुसार परीक्षण अस्पताल वा मेडिकल कलेजमा गर्नुपर्छ । बिरामीकोे समस्या र रोगको अवस्था अनुसार निम्न परीक्षण गर्नुपर्छ ।

क) पिसाब परीक्षणः बिरामीको पिसाबमा केही खराबी छ कि वा रगत देखा परेको छ कि भनेर ल्याबमा परीक्षण गर्नुपर्छ ।

ख) दिसा परीक्षणः दिसामा रगत वा अन्य खराबी छ कि भनेर परीक्षण गरिन्छ ।

ग) रगत परीक्षणः रगतमा विभिन्न किसिमका परीक्षण सम्वन्धित चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । यसमा प्रायःटिसि, डिसि, इएसआर, एचबी, ब्लड युरिया, ब्लड सुगर, सेरम क्रेटनाइन, लिभर फङसन टेस्ट, इन्जाइम टेस्टआदि गर्नुपर्छ ।

घ) सेरेबोस्पाइनल फ्लुडस् मस्तिष्कमा भएको तरल पदार्थको परीक्षणबाट त्यससम्वन्धी केही खराबी छ कि भनेर थाहा हुन्छ ।

ङ) स्पुटम साइटोलोजी टेस्टस् खकारको ल्याब परीक्षणबाट फोक्सोमा क्यान्सर वा अन्य रोग भएको थाहा हुन्छ ।

च ) बोनम्यारो टेष्टस् हाडभित्र रहेको रक्तमासीको परीक्षणबाट रगतमा क्यान्सर भए–नभएको थाहा हुन्छ

छ) साइटोलोजीरहिस्प्याथोलाजीस् क्यान्सरको शंका लागेको शरीरको अंगमा सुइको मद्दतले वा सानो मासुको टुक्रा काटेर निकाली ल्याबमा बायोस्पी परीक्षण गर्नुपर्छ । यसबाट क्यान्सरको निश्चित किटानका साथै कुन अवस्थाको क्यान्सर भएको थाहा हुन्छ र यही रिपोर्टका आधारमा सम्वन्धित चिकित्सकले उपचार गर्छ ।

प्रायजसो क्यान्सर भन्नेबित्तिकै घातक रोग हो र मरिहालिन्छ भन्ने त्रास प्रायजसो सबैमा हुन्छ । तर क्यान्सर रोग लाग्दैमा डराउने र आत्तिइहाल्नुपर्दैन यो रोग उपचारबाट निको हुन्छ । क्यान्सर भएमा रोगको अवस्था, कुन अंगमा लागेको छ, ती कुरामा ध्यान दिएर सम्वन्धित विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

क्यान्सरको उपचार गर्ने प्रमुख उद्येश्य नै क्यान्सर रोग निको पार्ने, यो रोगलाई बढ्न नदिन वा क्यान्सर रोग लागेपछि देखिने समस्याअनुसार उपचार गर्नु नै हो । प्रायजसो धेरै बिरामी वा बिरामीका परिवारले क्यान्सरको उपचार गरे पनि फाइदा हुँदैन भनेर उपचार नगराउने वा उपचार गरे पनि बीचमै छाड्ने गर्छन् । क्यान्सरको उपचार प्रायः एक विधिवाट मात्र नगरेर विभिन्न विधिबाट गर्नुपर्ने भएकाले बिरामीलाई केही सामान्य समस्या देखा पर्ने, समय पनि बढी लाग्ने र खर्च पनि धेरै हुने भएकाले प्रायः बीचमै छाडेर सबै उपचार नगर्ने गरिन्छ ।

नेपाल सरकारले हाल क्यान्सर विरामीको उपचारका लागि केही सहयोग दिनुका साथै गरिब तथा असहाय विरामीका लागि सरकारी अस्पतालमा अप्रेशन चार्ज, बेड चार्ज र विभिन्न परीक्षणमा छुटको व्यवस्थासमेत गरेको छ । त्यसैले क्यान्सरका बिरामीले नआत्तिएर सम्वन्धित चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा अधिकांश क्यान्सर रोग निको हुन्छ ।

Leave A Reply

Your email address will not be published.