विप्लवले गरे भोली फागुन ८ गते नेपाल बन्दको आव्हान  (विज्ञप्तिसहित)

1,014

काठमाडौं, ७ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता कार्यकर्ताहरुमाथि बिनाकारण प्रहरी दमन भएको भन्दै नेकपाले त्यसको विरोधमा नेपाल बन्द आव्हान गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दको घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय युवा जनस्वयं सेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेता कार्यकर्ता गिरफ्तार भएका थिए । विज्ञप्तीमा विप्लवले गिरफ्तारीको घोर भत्र्सना गर्दै पक्राउ परेकाको शिघ्र रिहाईको माग पनि गरेका छन् ।

कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको उनको आरोप छ ।

Leave A Reply

Your email address will not be published.