स्याङजाको चापाकोटमा मेयर कप भलिवल हुने

3,136

स्याङजा, बैशाख २४ । स्याङजाको चापाकोट नगरपालिकाले मेयर कप भलिवल प्रतियोगिता गर्ने भएको छ ।
चापाकोट नगरपालिका र चापाकोट खेलकुद विकास समितिको आयोजनामा हुने पुरुष तथा महीला भलिवल प्रतियोगितामा करिब ६ लाख खर्च लाग्ने छ । मेयर कपले चापाकोट नगरपालिकाको युवाहरुलाई खेलका माध्यामबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण सहयोग पुग्ने चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले बताउनु भयो । खेलमा प्रथम, द्धितिय र तृतिय हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रका साथमा नगद क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैया पाउने चापाकोट खेलकुद विकास समितिका अध्यक्ष निर्मल रानाले बताउनु भयो । बैशाख २५ गते देखि २९ गतेसम्म हुने खेलमा नगरपालिकाको ९ वडाको  टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता चापाकोट नगरपालिकाको सुन्तलीटार खेलमैदानमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.