१० गाई नियन्त्रणमा

908


महोत्तरी, १२ जेठ । महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ ।

बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको गाईसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.