अब सडक पेटीमा पसल राखे यस्तो कारवाही

1,263

चितवन, १४ जेठ । भरतपुर महानगरपालिकाका मुख्य बजार नारायणगढ र भरतपुर क्षेत्रका सडक पेटीमा सञ्चालन भएका व्यवसाय आजदेखि हटाइएको छ ।

सडक व्यवसायीलाई नारायणगढको बालकुमारी अगाडि व्यवसाय गर्ने स्थान महानगरपालिकाले छुट्याएको छ । महानगरपालिकाले भरतपुरका मालपोतचोक, हाकिम चोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्स चोक, शहीद चोक, पुल्चोक, मिलन रोड, मेनरोडलगायत ठाउँमा रहेका सडक पेटीका पसल र ठेलालाई हटाएको हो । दश वर्षदेखि सडक पेटीका व्यवसायलाई व्यवस्थापन गर्न नसकेको महानगरपालिकाले यस पटक भने जसरी प िनसडकबाट हटाएरै छाडिने महानगरपालिका प्रमुख रेणु दाहालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.