आफूमा नीहित प्रतिभा उजागर गर्नलाई समयको पावन्दी र पेशाको सांघुरो घेराले छेक्दैन भन्ने कुरा नेपाल प्रहरीलाई मुख्य कर्मथलो बनाएर गीत रचनाको माध्यम बाट आफूलाई संगीत क्षेत्रको एउटा प्रयायीको रुपमा चिनाउन सफल रचनाकार हुन महानगरीय प्रहरी बृत सिंहदरवारमा कार्यरत प्रहरी निरीक्षक ९एयष्अिभ क्ष्लकउभअतयच० भोजराज पाण्डे ।
२४ सै घण्टा कर्तब्य पथमा अत्यन्त ब्यस्त रहनु पर्ने महानगरीय प्रहरी बृत सिंहदरवार जहां दैनिक रुपमा हुने बिरोध कार्यक्रमहरुलाई ब्यबस्थापन गर्नुपर्ने जस्तो चुनौतिपूर्ण स्थानमा कार्यरत रहिकन पनि निरीक्षक पाण्डे ब्यस्तता बीच स्यानो समय निकालेर गीत लेखनमा समेत लाग्दै आएका छन् । राष्ट्र र जनताको सेवाको साथसाथै रचनाकारको रुपमा छोटो समयमै आफूलाई चिनाउन सफल पाण्डे गीत रचनाको माध्यमबाट नेपाली दर्शक र श्रोता बीच सामाजिक र सांस्कृतिक दायित्व समेत निर्वाह गर्न अघि सरेका उनी एउटा सफल र मौलिक गीतकारको रुपमा नेपाली संगित क्षेत्रमा उदाउंदै छन् ।
पश्चिम नेपालको लोक संस्कृतीको मुहानको रुपमा रहेको गुल्मी जिल्लाको अति रमणीय स्थान तमघासमा जन्मेका उनी बिगत २३ बर्ष देखि नेपाल प्रहरीमा एउटा ईमान्दार र कर्तब्यनिष्ट प्रहरी अधिकृतको रुपमा कार्यरत रहि आएका छन् । सेवाकै बीचमा फुर्सदको समयलाई उनी गीत लेखनको माध्यमबाट आफूलाई ब्यस्त बनाउंदै आएका छन् ।
कर्तब्य निम्ती सधै तत्पर रहने र कानून कार्यान्वयनको सवालमा अत्यन्त जुझारु पाण्डेको हालै मात्र म्युजिक भिडियो सहित “बिते कति रात” नामक आधुनिक गीत बजारमा आइसकेको छ । चर्चित तथा प्रख्यात गायिका मेलिना राईको आबाजमा स्वरबद्ध सो गीतमा संगित भर्ने काम भने नबिन श्रेष्ठले गरेका छन् साथै प्रमोद परियारको एरेन्ज रहेको छ । बिदेश तथा स्वदेशमै पनि आफ्नो मायालु, परिबार र आफन्तजनहरुबाट टाढा रहनु पर्दा परिबार तथा मायालु बीचमा हुने बिछोडको अबस्था र परिबार तथा मायालुको आगमनमा हुने खशीका भावहरु शब्दको माध्यमद्धरा गीतमा उजागर गर्ने जमर्को गरिएको छ । जुन गीतलाई प्रेयसी म्युजिक प्रा।ली। ले हालै मात्र म्युजिक भिडियो सहित बजारमा ल्याएको छ । जसलाई छोटो समयमै दर्शक तथा श्रोताहरुले रुचाएका छन् ।
नेपाली गीतमा दखिने मौलिक शब्दहरुको बांझोपनलाई चिर्दै नेपाली साहित्यमा प्रचलित मौलिक र स्थान बिशेषमा प्रख्यात र ऐतिहासिकता ग्रहण गरेका शब्दहरुलाई निरीक्षक पाण्डेले गीतको रुपमा संयोजन गरेको पाइन्छ । बिते कति रातको सफलता पछि “घुम्टो ओढी नबस है” र “आखां भरी आंशु लिई” नामक २ ओटा गीतहरु रेकर्डिङ भई अडियोको रुपमा बजारमा आइसकेका छन् । पाण्डेका ती दुबै गीतहरुमा अत्यन्त सरल र नेपाली शब्दकोषमा रहेका मौलिक शब्दहरुलाई टपक्क टिपेर गीतको रुपमा नेपाली सांगितिक बजारमा ल्याएका छन् । जसलाई एउटा आयामाको रुपमा पनि लिन सकिन्छ । घुम्टो ओढी नबस है गीतको संगितकारको रुपमा चर्चाको शिखरमा रहेका संगितकार दिपक शर्मा हुन भने आखा भरि आशु लिई गीतको संगित नबिन श्रेष्ठले नै भर्ने काम गरेका छन् ।
यी गीतहरुको अलावा प्यासको भोको म नामक आधुनिक गीत र “आंधी र हुरी जाडो र ठण्डी” नामक प्रहरी गीत रेकर्डिङको चरणमा रहेका छन् । नेपाल प्रहरी जस्तो संस्थामा कार्यरत रहि अत्यन्त ब्यस्त रहनु पर्ने सरकारी जागिरे भईकन पनि दर्शक तथा श्रोताहरुको मन तथा मानस्पटलमा छुने गरि शब्दको चयन गरि लाखौ लाख दर्सक तथा श्रोताहरुलाई संगितको माध्यमबाट मन्त्र मुघ्ध गराउन सफल उनी लोक संस्कृतीको उर्वर भूमिको जिल्ला गुल्मीमा जन्मेको भएता पनि उनको कलम लोक गीत क्षेत्रमा भने चलेको पाईदैन । यसको कारण खोतल्दै उनी भन्छन् “शब्द चयन गर्दे गर्दा मनमा उब्जने भावलाई एउटा तरंगको रुपमा ग्रहण गरि लय सहितको आकार दिने जमर्को गरिएको हुन्छ त्यो आकारले कहिले लोक गीतको आकार ग्रहण गर्छ भने कहिले आधुनिक गीत, र भोली लेख्दै जांदा कुनै गीतले लोकगीतको आकार र लय ग्रहण गर्न पनि सक्दछ ।”
अहिले नेपाली गीत रचनाको सन्दर्भमा नेपाली संगित बजारमा केहि छाडा र छन्द तथा सामान्य रुपमा पनि अन्त्यानुप्रास र शब्दानुप्रास नमिलेका शब्दहरुको बाहुल्यता रहंदै आएको छ जसले कहि समय बजारमा तहल्का त मच्चाउंछ तर दिगो र ऐतिहासिकता प्राप्त गर्ने सक्दैन् । पाण्डेले यहि भवालाई चिर्दै नेपाली संगित बजारमा अत्यन्तै मौलिक र स्थान बिशेषमा प्रख्यात रहेका शब्दहरुको चयन गरि त्यसलाई जीबन्त र कालजयी बनाउने काम गरेका छन् । यसको आधारमा उनी नेपाली संगित बजारमा आशालाग्दा रचनाकारको रुपमा अगडी बढिरहेको कुरामा कुनै सन्देह गर्ने ठाऊं छैन् ।