“कुनै पनि हालतमा भारतले नेपाललाई सिक्किम बनाउन सक्दैन, भारत नजन्मदै नेपालले लण्डनमा आफ्नो दुतावास खोलिसकेको थियो “
काठमाडौं । भारतले नेपाललाई कुनै पनि हालतमा सिक्किम बनाउन नसक्ने पूर्वराजदुत प्रद्युम्न शाहाले दाबी गर्नु भएको छ ।
आरोप टीभीसँग कुराकानी गर्दै पूर्वराजदुत शाहले भारतले चाहादैमा नेपाल सिक्किम जस्तो हुन नसक्ने बताउनु भएको हो । देशको रुपमा भारत अस्तित्वमा आउनु निकै वर्ष पहिले देखिनै नेपालले आफ्नो गौरवमय इतिहास बनासकेकाले नेपालको सार्वभौमिक इतिहास भारतको भन्दा निकै पुरानो रहेको उहाँको भनाई छ । भारत नजन्मदै नेपालले बेलायतसँग द्धौत्य सम्बनध स्थापित गरी लण्डनमा दुतावास समेत खोलिससकेको उहाँले बताउनु भएको छ । शाहसँगको अन्तरवार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।