काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारतको औपचारीक भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् । भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए । लामो समयदेखि भारतले मिचेको कालापानी, सुस्तालगायतका भूभाग सट्टा नेपालले बंगलादेश जोडिने फुलबारी लिन सक्ने विकल्पमा प्रचण्डले दिएको भनिएको अभिव्यक्तिको नेकपा एमालेले विरोध गर्दैै आएको छ ।