Home » शिक्षा/समाज “शिक्षा/समाज”

शिक्षासम्बन्धी समाचारमा नीतिगत विषयको प्राथमिकता

  काठमाडौँ । आमसञ्चार माध्यममा शिक्षासम्बन्धी नीतिगत विषयले बढी स्थान पाउने गरेको पाइएको छ । शिक्षा पत्रकार समूहले राजधानीबाट प्रकाशित प्रमुख दैनिकमा सम्प्रेशित शिक्षासम्बन्धी समाचारका अन्तर्वस्तुमाथि गरेको एक अध्ययनले विद्यमान नीतिको कार्यान्वयन नहुँदा नीतिगत स्पष्टताको अभावमा उत्पन्न समस्याले स्थान पाएको देखाएको छ । गत २०७३ साल भदौदेखि माघसम्मको अवधिमा छ वटा दैनिक पत्रिकाका शिक्षासम्बन्धी समाचारमाथि […]

विद्यार्थी सङ्ख्या घटबढ भए पनि त्रिविको प्रभाव उस्तै

काठमाडौँ । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ । स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी सङ्ख्या बढ्न सकेको […]

प्रतिष्ठानले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

  चितवन । भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको स्टाफ नर्सको कक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । भरतपुर अस्पतालको अनुरोधलाई प्रतिष्ठानको बोर्डले सम्बन्धन दिने निर्णय गरेको हो । नर्सिङ सङ्कायकै स्नातकको पनि चिकित्सा विज्ञान […]

क्याम्पसलाई आर्थिक सहयोग

  लमजुङ (बँेसीसहर)। सदरमुकाम बेँसीसहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसलाई रु चार लाख भन्दा बढी रकम सहयोग प्राप्त भएको छ । मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी सस्थाले सो क्याम्पसलाई आवश्यक फर्निचर खरिद गर्न रु चार लाख २० हजार सहयोग गरेको हो । संस्थाका पूर्वकार्यकारी निर्देशक डा तीर्थ थापाले क्याम्पस प्रमुख हरिबाबु थापालाई आज एक कार्यक्रमकाबीच […]

शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण ः उपप्रम श्रेष्ठ

teacher

काठमाडौँ । “शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु अरु पेसा पनि गरेको देख्छु, यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ । पढाउन गए पनि हुने र नगए पनि हुने प्रवृत्तिलाई चिन्नुपर्छ । अर्काेतिर गुरुको सम्मानमा पनि ह्रास आएको छ । उस्तै परे शिक्षक र विद्यार्थी सँगै चुरोट र रक्सी खाइरहेका भेट्टाउन सकिन्छ ।” नवनियुक्त […]

शिक्षा नियमावली पारितसँगै शिक्षकको खुल्ला विज्ञापनका लागि सहज

काठमाडौँ । नयाँ शिक्षा नियमावली जारीसँगै शिक्षक सेवा आयोगलाई खुल्ला प्रतिस्पर्धाबाट शिक्षकको विज्ञापन गर्ने बाटो खुलेको छ । शिक्षा क्षेत्रका संरचनात्मक परिवर्तन र शिक्षकहरुका मागहरु समावेशसहित सरकारले शुक्रबार शिक्षा नियमावली, २०७३ जारी गरेको थियो । आयोगका प्रशासकीय अधिकृत डा लक्ष्मीराम पौडेलले शिक्षा ऐन (आठौँ संशोधन) २०७२ बमोजिम अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने प्रक्रिया जारी […]

सामुदायिक भन्दा निजीमा भन्डै १५ प्रतिशत बढी महिला शिक्षक

teacher

  काठमाडौँ। आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत (निजी) विद्यालयमा पुरुषको तुलनामा करिब १५ प्रतिशत महिला शिक्षक बढी कार्यरत छन् । सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा महिला शिक्षकको सङ्ख्यामा वृद्धि हुनसकेको छैन । कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ । अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण (२०७३÷७४) का […]

सगरमाथा आरोहणबाट प्राप्त रकम बालबालिका शिक्षामा

mount

  काठमाडौँ । नेपालका विभिन्न स्थानमा ओसारपसारको जोखिममा परेका बालबालिकाका शिक्षामा सहयोग गर्ने उद्देश्यले तीन विदेशीले सगरमाथा आरोहण गर्नुभएको छ । आयरल्यान्डका ४० वर्षीय रोरी म्याक्यु, अमेरिकाका २५ वर्षीय जोनाथन गुड्री र अस्ट्रेलियाका ३५ वर्षीय ब्लाक पेन्सनले यही जेठ १२ गते आरोहण गर्नुभएको छ । ‘चाइल्ड रेस्क्यु नेपाल’ नामक सामाजिक संस्थाद्वारा सगरमाथाको आरोहणका लागि आवश्यक […]

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

school

  काठमाडौँ । सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलबको रकम स्थानीय तहका हस्तान्तरण गर्ने व्यवस्था बजेटमा गरेको छ । व्यवस्थापिका–संसद्मा आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आव २०७४÷०७५ को बजेटमा मावि तहसम्मको शिक्षक तलबका साथै शिक्षण सामग्री, पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पनि स्थानीय तहमा हस्तान्तरण गरिने […]

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

  काठमाडौँ। सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत्रमा समावेश भएबमोजिम स्थानीय तहमा […]