Home » अन्तर्राष्ट्रिय “अन्तर्राष्ट्रिय”

रुसद्धारा शक्तिशाली लामो दूरीको क्षेप्यास्त्र परीक्षण

मस्को, रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र ९इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम० रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखाडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । ूगृहनिर्मित तोपोल–एम आइसिबिएम क्षेप्यास्त्रको क्षमता, […]

टर्कीकाे रात्रि क्लवमा भएकाे आक्रमणमा ३९ जनाको मृत्यु

turky

इस्तानबुल, पुस १७ गते । टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँबर्ष मनाउदै रमाइलो गरिरहेका व्यक्तिहरुबीच भएको गोली हानाहानमा परी ३९ जनाको मृत्यु भएको छ । यस घटनामा मारिएका मध्ये १६ जना विदेशी नागरिक रहेका प्रहरीले जानकारी दिएको छ । आक्रमणकारीले एक प्रहरी र सर्वसाधारणलाई प्रवेशद्धारमा नै गोली हानेर मारेका थिए । अाक्रमणापछि घाइतेहरूकाे उद्धार गरिंदै […]

चट्याङ परेर ४० को मृत्यु, ३५ घाइते

lighng

नयाँदिल्ली, १६ साउन । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका कारण कम्तीमा ४० जनाको मृत्यु हुनाका साथै अन्य ३५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । चट्याङ परी एकै दिनमा उडिसा राज्यमा यति धेरै सङ्ख्यामा व्यक्तिहरुको मृत्यु भएको यो पहिलो पटक भएको सरकारी सञ्चार प्रशारण अल इन्डिया रेडियोले […]

आक्रमणमा सात साउदी सीमा सुरक्षागार्ड मारिए

yemen

रियाद, १६ साउन । यमनको सीमा क्षेत्रमा भएको झडपमा परी सात साउदी सीमा सुरक्षागार्ड मारिएका साउदी अरेबियासँग आवद्ध संयुक्त सेनाले जानकारी दिएको छ । यमनबाट आएका आतङ्ककारीले गरेको आक्रमणमा परी एक अधिकृतसहित सात सीमा सुरक्षा गार्डको मृत्युभएको छ । यमनका विद्रोहीसँग युद्ध गरिरहेका साउदी अरेबिया आवद्ध संयुक्त सेनाले आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ […]

विवाहको बस दुर्घटनामा २६ को मृत्यु

pakistan

इस्लामाबाद, १६ साउन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । उत्तरपश्चिम पाकिस्तानीको आदिवासी क्षेत्र खैबर प्रान्तका भएको यस दुर्घटनामा पहिला १५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । बाढीमा बेपत्ता भएकाहरुमध्ये थप ११ जनाको शव फेला परेपछि सो […]

अमेरिकी सहर सिटलमा भएको बन्दुक आक्रमणबाट तीनजनाको मृत्यु, एक घाइते

bom

मकिल्टियो (वासिङ्टन), १५ साउन । अमेरिकाको त्तरमा अवस्थित सिटल सहरको एक घरमा शनिबार बिहानै भएको बन्दुक आक्रमणमा तीनजनाको मृत्यु भएको छ भने बाँकी एकजना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मुकिल्टियो सहरको नगर कार्यालयले शनिबारै बिहान ट्विट गर्दै बन्दुक आक्रमणबाट तीनजनाको मृत्यु भएको […]

‘कु’मा संलग्न भनी आरोपित इस्तानबुल अदालतद्वारा सयौँजनालाई रिहाइको आदेश

ista

इस्तानबुल (टर्की), १५ साउन । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले अनिवार्य सैनिक सेवामा भर्ती भएका र जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक विद्रोहलाई सघाएको आरोपमा पक्राउ परेका ९८९ जनामध्ये ७५८ जनालाई रिहा गर्न शनिबार आदेश दिएको छ । उनीहरुमाथिको सुनुवाइपछि इस्तानबुल चिफ पब्लिक प्रोसेक्युटरको कार्यालयले आरोपित उनीहरुलाई रिहाइका लागि माग गरेको छ । […]

फिलिपिन्सद्वारा एकपक्षीय रुपमा वामपन्थी विद्रोहीसँग गरेको युद्धविराम भङ्ग

philipins

मनिला (फिलिपिन्स), १५ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यहाँ आन्दोलनरत वामपन्थी विद्रोहीसँग गरेको एकपक्षीय युद्धविराम भङ्ग भएको घोषणा गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा रहन शनिबार निर्देशन दिनुभएको छ । शनिबार साँझ एक वक्तव्य जारी गरी राष्ट्रपति डुटेर्तेले म यतिबेला मुलुकमा आन्दोलनरत कम्युनिस्ट विद्रोहीप्रति लक्षित गरी सरकारी पक्षबाट यही जुलाई २५ मा घोषणा गरेको एकपक्षीय […]

हेलमान्ड प्रान्तका एक जिल्ला तालिवानको कब्जामा

taliwan

कान्दाहार (अफगानिस्तान), १५ साउन । अफगानिस्तानको हेलमान्ड प्रांन्तको एक जिल्ला तालिवानको कब्जामा गएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । हेलमान्ड प्रान्तको कनासिन जिल्लामा सुरक्षा अधिकारीहरु र तालिवान बीच भएको भीषण झडपपछि उनीहरुका कब्जामा गएको बताइएको छ । प्रान्तीय परिषदका उप निर्देशक अब्दुल मजिद आखोजादाले सो जानकारी दिएका छन् । सो जिल्लाको कब्जाको क्रममा २० […]

विवाहको गाडी बाढीले बगाउँदा १५ को मृत्यु

badi

इस्लामाबाद, १५ साउन । पाकिस्तानको उत्तरपश्चिमभी क्षेत्र खैवरमा शनिबार विहान एक गाडी बाढीले बगाउँदा त्यसमा सवार कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । सो गाडीमा विवाह समारोहका पाहुना सवार रहेको र कम्तीमा १५ को मृत्यु भएको उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । यस दुर्घटनामा अन्य कैयौ व्यक्तिहरु बेपत्ता भएका जनाइएको छ । खैबर […]