Home » मनोरञ्जन “मनोरञ्जन”

निकिता भइन् – मिस नेपाल

  काठमाडौँ । यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक हुनुभएको छ । आज सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ हुनुभएको हो । त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गर्नुभएको छ । रासस

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

global

  काठमाडौँ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा […]

पोखरेली कलाकारमा ‘पानी रङको सहर’को पहिचान जोगाउने चिन्ता

pokhara

पोखरा । पोखरा कलाकारिताको क्षेत्रमा पानी रङको सहरका रुपमा चित्रित बने पनि यो पहिचानलाई कसरी जोगाउने भन्ने चिन्ता यतिखेर पहिलो पुस्ताका कलाकारमा देखिएको छ । पोखरा र सेरोफेरोका ग्रामीण बस्ती, हिमाल तथा पहाड आदिलाई पानी रङको प्रयोग गरी दुरुस्त उतार्ने पोखरेली कलाकारको कलाकारिताका कारण नै यसले पानी रङको सहरका रुपमा आफ्नो छुट्टै पहिचान बनाए पनि […]

नारी दमीत स्वर ‘देउती’ बजारमा

deuti

  काठमाडौं । पत्रकार तथा लेखक अक्षर काकाको उपन्यास ‘देउती’ बजारमा आएको छ । आख्यान तथा गैरआख्यान दुवै विधामा कलम चलाउने काकाको ‘देउती’ पहिलो उपन्यास हो । सामाजिक यथार्थवादी धारामा लेखिएको उपन्यासमा विशेष गरेर सिन्धु–इन्द्रावतीको कथा समेटिएको लेखक काकाले बताउनुभएको छ । त्यस्तै, उपन्यासमा नारी दमन, सामाजिक कुरीती र विकृति विसङ्गती समेटिएको उहाँको भनाइ छ […]

लघुचलचित्र प्रतियोगितामा “चण्डिका” सर्वोत्कृष्ठ

  काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघु चलचित्र प्रतियोगितामा “चण्डिका” सर्वोत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गर्नुभएको उक्त चलचित्रलाई रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ डियुटी’ दोस्रो भयो भने सागर अर्यालले निर्माण गर्नुभएको ‘प्रेरणा’ लघुचलचित्रले […]

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत

elections_commissions_office(4)

  पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग गर्ने गरिएको छ । गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न […]

मैथिली नाटकबाट सामाजिक जीवनमा सकारात्मक प्रभाव

janakpur

जनकपुरधाम । मैथिली नाटकको सामाजिक जीवनमा सकारात्मक प्रभाव परेको धारणा नाटककार र अभियन्ताले व्यक्त गर्नुभएको छ । एन्टेना फाउन्डेसन र पपुलेशन मिडिया सेन्टर द्वारा यहाँ आयोजित ‘समाजिक परिवर्तनमा नाटकको भूमिका’ विषयक छलफल कार्यक्रमा उहाँहरूले नाटकका कारण सामाजिक विकृति विसङ्गतिका विरूद्धका स्वर सुनिन थालेको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँहरूले गैरसरकारी सङ्घ संस्थाहद्वारा प्रस्तुत हुने जनचेतना नाटकमा […]

भूकम्पसम्बन्धी ‘चलायमान पहाड’ वृत्तचित्र प्रदर्शन

earth uake

  काठमाडौँ । गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको दुई वर्ष पूरा भएको अवसर पारेर ‘चलायमान पहाड’ नामक वृत्तचित्रको दोस्रो भाग मङ्गलबार प्रदर्शन गरियो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको वृत्तचित्र करिब आधा घन्टा समयावधिको छ । ‘मुभिङ माउन्टेन’ नामबाट अङ्ग्रेजी भाषामा समेत सो वृत्तचित्र निर्माण भई प्रसारण भएको छ । विसं २०७२ वैशाख […]

धुर्मुस–सुन्तली अभिनन्दित

dhurmus-suntali

  काठमाडौं । भूकम्पपीडित तथा सहयोगी समाजले सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तलीलाई) आज अभिनन्दन गरेको छ । भूकम्पपछिको पुनः निर्माणमा एकीकृत नमुना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै गोरखा भूकम्पको दोस्रो वार्षिकीका अवसरमा उहाँहरुलाई अभिनन्दन गरिएको हो । समाजका अध्यक्ष चन्द्र साउदले धुर्मुस–सुन्तलीले गरेको सामाजिक कार्यले केही भूकम्प प्रभावितलाई सहयोग पुगेको बताउँदै पुनः […]

कलाकार सिंहप्रति श्रद्धाञ्जलि

shard

  काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कलाकार प्रदीपकुमार सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मन्त्री कार्कीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेर कलाकार सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले कला क्षेत्रमा पु¥याउनुभएको उल्लेख्य योगदानको स्मरण गर्नुभयो । कलाकार सिंहको ५९ वर्षका उमेरमा भारतस्थित कोलकाता मेडिकल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा शुक्रबार निधन भएको […]