Home » जीवन शैली “जीवन शैली”

वैदेशिक रोजगारीपछि थरिथरीका समस्या

रामेछाप। रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ साल माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सङ्गालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोँचेजस्ता भएनन् । श्रीमान्ले छोडेपछि माइतीमा बस्दैआएकी उनी राजधानी काठमाडौँमा रोजगारको खोजीमा आइपुगेकी थिइन् । काठमाडौँमा रोजगारीकै क्रममा साथीभाइको लहलहैमा परेर उनी ‘हाउसमेड’ अर्थात घरेलु कामदारको रुपमा कुवेत गइन् । कुवेत […]

ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको !

chir

  पथरी (मोरङ)। जन्मँदै दुवै आँखा गुमाउनुभएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । उहाँ एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उहाँले तीनवटी आमा पाउनुभयो । २०५२ मङ्सिर १६ गते मोरङको पथरी शनिश्चरेमा जन्मनुभएका चिरञ्जीवी एक ठाउँबाट अर्को ठाँउ सर्न सक्नुहुन्न । मोरङको […]

गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

gohi

रत्ननगर (चितवन) । “गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने । पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् । दाँहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान बचेकोमा […]

ग्रामीण महिलाको १४ घन्टा घरायसी काममा

house hold

  काठमाडौँ । ग्रामीण भेगका महिलाले घरायसी काममा झन्डै १४ घन्टा व्यतीत गर्ने गरेको एक अध्ययनले देखाएको छ । अक्सफाम नेपालले यहाँ आज आयोजना गरेको ‘घरायसी काम र ज्यालादारी कामबीचको असमानता’ विषयको एक कार्यशालामा प्रस्तुत अध्ययन प्रतिवेदनमा घरायसी कामलाई कामका रुपमा नहेर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख छ । इन्टिच्युट अफ डेभलपमेन्ट स्टडिस (आइडिएस) र […]

मुसहर बस्तीको चुहिएको जस्ता फेर्ने भगन्तियाको पहिलो इच्छा

musahar

  रत्ननगर (चितवन) । “पहिले काम मुसहर बस्तीको घरमा जस्ता कुहियो, पानी चुहियो त्यो फेर्छु, अनि अरू काम”, चितवनको रत्ननगरमा शपथ लिने क्रममा भगन्तियाले भनिन् । शपथ लिन उनी रातो साडी र रातै ब्लाउमा सजिएकी थिइन् । देख्ने बित्तिकै हँसिलो अनुहारबाट मीठो मुस्कान दिइन् । “चिन्नु भो ? के त अस्ति हाम्रो घरमा आ‘को पत्रकार […]

यार्सागुम्बा : जीवन धान्ने जडीबुटी

yarsa

डोल्पा । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् । उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ […]

इतिहासको सम्मान :कामी बुढालाई सहिद घोषणा

kami

  काठमाडौँ। ‘या त म जितेर फर्कन्छु, नत्र रातो अक्षरले लेखेको चिट्ठी लिएर मेरा साथी आउनेछन्’ यो भनाइ हो सहिद कामी बुढाको । ग्रामीण जनजीवन सुधारका लागि राजनीतिक अधिकार दिनुपर्छ र ग्रामीण समुदायलाई राजनीतिको अग्रभागमा ल्याउनुपर्छ भन्ने लक्ष्यका साथ सशस्त्र सङ्घर्षमा लाग्नुभएका बुढाको इहलीला समाप्त भएको आज ६४ वर्षपछि सरकारले सहिदको नाम दिएको छ । […]

तरकारी खेतीले परिवार पाल्दै

agri

  दाङ । ‘कुनै समयमा अरुको घरमा कमैया बस्दै आएका यहाँका किसान बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । आफ्नो खेतबारीमा अहिले लटरम्म काँक्रा, बोडी, करेलालगायतका तरकारी फलेका छन्, तुलसीपुर उपमहानगरपालिका उत्तरकपडादेवीका ५० वर्षीय गोकुल चौधरीले भन्नुभयो – “तरकारी खेतीको आम्दानीबाट नै आठजना परिवारको जिविकोपार्जन राम्ररी चलेको छ, सबै खर्च कटाएर यसैको आम्दानीबाट […]

पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै

tampoo

काँकडभिट्टा (झापा) । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थाल्नुभएकोे छ । शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उहाँको उपचार भइरहेको छ । सातामा तीनपटक डायलासिस […]

दैनिक तीन किमी टाढाबाट पानी बोकेर गुजारा

water

रामपुर (पाल्पा) । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ । निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ […]