Home » प्रवासी गतिविधि “प्रवासी गतिविधि”

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

nrn australia

  काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । गतवर्ष नेपाल सरकारले […]

३१८ नेपाली विदेशी जेलमा

jail

  काठमाडौँ। भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग […]

रामबहादुरको उपचारमा मोना युएईको सहयोग

  बेनी (म्याग्दी) । मङ्गला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका रामबहादुर पाण्डेको उपचारमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना युएई)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । घरायसी प्रयोजनका लागि रूखमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका पाण्डेको उपचारका लागि सङ्कलन गरिएको रकम मङ्गलबार एक कार्यक्रमबीच मोना युएईका सचिव सुवास राम्जालीले अभियानका संयोजक बाबुराम आचार्यलाई हस्तान्तरण […]

विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग

mo

रत्ननगर (चितवन) । अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’ उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका […]

भारतीय विद्यालयमा नेपाली अध्यक्ष र प्रबन्धक

school

  चन्द्रौटा (कपिलवस्तु)। भनिन्छ काम गर्ने मान्छेलाई कुनै सिमानाले छेक्दैन । काम गर्ने मान्छे विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो छाप बनाउन सक्छ । त्यस्को गतिलो उदाहरण बनेको छ कपिलवस्तु कृष्णनगरका शाह परिवार । शाह परिवारले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत उदाहरणीय काम गरी नेपालीको शिर उचो राख्ने काम गरेका छन् । शाह […]

जापानमा नेपाली परिकार बेचेको पैसाले अक्षयकोष

japan

  फलेवास (पर्वत) । जापानमा नेपाली परिकार बिक्री गरेको रकम सङ्कलन गरी पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित एक विद्यालयकी पूर्वविद्यार्थीले रु सात लाख रकमको अक्षयकोष स्थापना गर्नुभएको छ । शिवालय माविमा अध्ययनरत विद्यार्थीले भूकम्पपीडित, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोषको स्थापना गर्नुभएको हो । जिल्लाको मोदी गाउँपालिका घर भई हाल जापानको नागासाकीमा […]

मलेसियाबाट १८ नेपालीको उद्धार

malaysia

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका […]

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

rs

  बेनी (म्याग्दी)। बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले रु ११ लाख सहयोग गरेका […]

प्रवासीद्वारा रु. एक करोडको अक्षयकोष स्थापना

rs

  बागलुङ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल […]

अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हँुदैे

america

  काठमाडौँ । नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ । भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ (अप्रिल १६) मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो । आयोजक संस्थाका अनुसार अप्रिल […]