Home » मुख्य समाचार “मुख्य समाचार”

गतवर्ष छ हजार एक सय मानव बेचबिखनमा

  काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२÷०७३ मा छ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले आज सार्वजनिक गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन’ मा आव २०७२÷०७३ मा छ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ । बेचबिखनमा परेकामध्ये ९८ प्रतिशत महिला रहेको छ । प्रतिवेदनमा […]

नयाँ रोगविरुद्धको खोपको पहुँच चुनौतीपुर्ण

काठमाडौँ, सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोग विरुद्धको खोप थप्न नेपालका लागि चुनौती भएको बताइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले गरेको राष्ट्रिय कार्यशालामा पछिल्लो समयको तथ्याङ्कले खोपको कभरेज घटाएको देखाएकाले अब त्यसलाई बढाउँदै नयाँ खोपको उपलब्ध गराउन चुनौतीपूर्ण भएको बताइएको हो । देशका ८७ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा […]

काठमाडौँ उपत्यका अन्धकार हुने खतराबाट जोगियो

black

काठमाडौँ। काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ । प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि ९२ दिन लागेको छ […]

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री फेरिएपछि…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग ्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ । मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता […]

नारायणगढ–मुग्लिन सडकको पहिरो, यात्रुको कन्तबिजोग

रत्ननगर (चितवन) । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । सानी नानीसहितको दिदी र उहाँ सडक अवरुद्ध भएपछि अलपत्र पर्नुभयो । घरी सिटमा त घरी सडकमा गरेर उहाँहरुले समय विताइरहनुभएको छ । बच्चाको पिडा उस्तै थियो, “निद्रा नै भएन, बिरामी परिएला जस्तो भो”–ज्योतिले भन्नुभयो, […]

गोली हानी लुटपाटमा संलग्न मुख्य योजनाकार भारतबाट पक्राउ

  रत्ननगर (चितवन) । पश्चिम चितवनको शुक्रनगरमा गोली हानी लुटपाट गरेर फरार भएका एक अभयिुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा घटनाका मुख्य योजनाकार भनिएका उनलाई भारतको दिल्लीबाट पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमा पर्वत पकुवा घर भई हाल चितवनको भरतपुर २७ […]

सप्तरीमा आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

  कञ्चनपुर (सप्तरी)। शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् । बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् […]

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

फलेबास, पर्वत। विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । […]

विदेश जानेलाई सामी परियोजना वरदान साबित

  गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ । विगत ३ वर्षदेखि नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, महोत्तरीमा सञ्चालित सामी परियोजना जिल्लाका हजारौँ युवाका लागि वरदान साबित […]

एउटै मन्त्रालयमा एक महिनामा दुईपटक उपप्रधानमन्त्री गच्छदारको पदभार ग्रहण

  काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गर्नुभएको छ । पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्री सहित सोही मन्त्रालयमा पदभार ग्रहण गर्नुभएका गच्छदारले आज शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको हो । पाँचौँ पटक उपप्रधानमन्त्री र १४ […]