Home » समाचार “समाचार”

जमिनमुनिको खराबी पत्ता लागेपछि माडीमा बिजुली

  रत्ननगर (चितवन)। दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछ्रि सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा यहाँ यही असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदैआएको थियो । जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालका प्रविधिज्ञले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केबल फल्ट फाइन्डिङ […]

नेपाली कारागारमा भुटानी धेरै

  काठमाडौँ । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली तीन छन् । यसैगरी भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलङ्का, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, […]

बाघ देखेर भागेका बालक तीन दिनपछि भेटिए

  भीमदत्तनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि आज नेपाली सेनाको टोलीले सकुशल फेला पारेको छ । गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जङ्गली च्याउ खोज्न हिँडेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ वर्षीय सुनिल चौधरीलाई आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गणको टोलीले निकुञ्जभित्र फेला पारेको छ । सामान्य […]

डान्सबारबाट १९८ जना युवायुवती पक्राउ

  काठमाडौँ । प्रहरीले बालाजुमा रहेको हिमालय डान्सबारबाट १९८ जना युवायुवतीलाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ पर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिनुभयो । पक्राउ पर्ने १५८ युवा र ४० युवती रहेका छन् । पक्राउ परेका अधिकांशले मादक पदार्थ […]

यस वर्ष रक्षाबन्धन नागपञ्चमीमै

  काठमाडौँ । यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ । साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको […]

पुनर्वासमा झडप हुँदा पाँच प्रहरी घाइते, प्रहरीद्वारा हवाईफायर

भीमदत्तनगर। मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भइरहेको छ । झडपमा प्रहरी र केही आन्दोलनरत पक्ष घाइते भएका छन् । पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले असन्तुष्टि जनाएपछि आज दिउँसोपछि मतगणना स्थगित भएको छ । काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले […]

मुगुमा बाबुछोरासहित तीनजनालाई खोलाले बगायो

  मुगु । पाटनबाट यार्सागुम्बा टिपेर घर फर्कंदै गरेका यहाँका एक गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । शनिबार बेलुका ५ बजे यार्सा टिपेर घर फर्कंदै गरेका मुगमकार्मारोङ गाउँपालिका वडा नं ६ पुअ गाउँका ३४ वर्षीय तेन्जेन लामा, १४ वर्षीय उर्गिन लामा र २४ वर्षीय कुन्जाङ लामा गाउँभन्दा एक घन्टा टाढा वडा नं […]

सुत्केरी बेथाले थलिएकी लामाको हेलिकप्टरबाट उद्धार, शिशुको मृत्यु

  गोरखा। सुत्केरी बेथाले थलिएकी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेत गो गाउँकी २९ वर्षीया पासाङ भुटी लामा ‘छोर्तेन’ को आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लगिएको छ । शुक्रबारदेखि सुत्केरी बेथा लागेपनि परिवारको आर्थिक अवस्था नाजुक हुँदा हेलिकप्टर चार्टर गर्न सकिएको थिएन । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुली र चुम्चेत […]

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

  नुवाकोट । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ । साविकको […]

प्रेमिकाको हत्यामा संलग्न अभियुक्त पक्राउ

  काठमाडौँ। प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–७ गङ्गाहिटीमा कोठा भाडामा लिएर बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन (तामाङ)को कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा शव गत वैशाख ८ गते फेला परेको थियो […]