Home » कला/साहित्य “कला/साहित्य”

युग पाठकको ‘माङ्गेना’को विमोचन

  काठमाडाँै, । लेखक युग पाठकले लेख्नुभएको ‘माङ्गेना ः नेपाल मन्थन’को आज विमोचन गरिएको छ । कृतिको राजनीतिक चिन्तक प्रदीप गिरी, सामाजशास्त्री बालकृष्ण मावुहाङ, कवि निभा शाह र लेखक पाठकले संयुक्तरूपमा गर्नुभएको हो । पुस्तकमाथि टिप्पणी गर्दै गिरीले पुस्तकमा नेपालको राष्ट्रियता, विकास र सभ्यताबारे लेखकले समेटेको बताउनुभयो । उहाँले विगतमा राष्ट्रियता र विकासको गलत व्याख्या […]

अन्य भाषासहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक

  पोखरा । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले अन्य भाषासहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक भएको बताउनुभएको छ । भाषा आयोग र शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको भाषा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उहाँले संरक्षणको अभावमा धेरै भाषा लोपोन्मुख अवस्थामा पुगेकाले तीनको संरक्षण र संबर्धन गर्नुपर्नेमा जोड दिनुभयो […]

संरक्षण निबन्ध प्रतियोगितामा रिमाल विजयी

  रसुवा । विद्यालयस्तरदेखि जैविक विविधता संरक्षणमा चेतना फैलाउने उद्देश्यले आज पहिलो पटक ‘संरक्षण निबन्ध प्रतियोगिता’ सम्पन्न भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सिनियर गेमस्काउट केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) का अनुसार निकुञ्ज क्षेत्रको वन, वनस्पति वन्यजन्तुलगायत समग्र जैविक विविधताको संरक्षणमा सानो उमेरदेखि नै चेतना फैलाउने उद्देश्यले रसुवा माविका छात्रछात्रामाझ ‘ नेपालमा वन्यजन्तु संरक्षणका लागि […]

‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’

  काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उहाँको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिनुभयो । सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत रहनुभएका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता […]

नेपाल भाषा परिषद्द्वारा पुरस्कारको घोषणा

  काठमाडौँ। नेपाल भाषा परिषद्ले भाषा, साहित्य, खोज तथा इतिहास अन्वेषणका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका चार व्यक्ति र एक संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । परिषद्को हालै बसेको बैठकले चित्तधर ‘हृदय’ पुरस्कार ‘नेवाः अमेरिकन दबू’ सिकागोलाई, भाषाथुवाः सम्मान वरिष्ठ कथाकार मथुरा साय्मीलाई, पूर्णहिरा पुरस्कार अन्वेषक रोहिणीबहादुर कायस्थलाई, मोतीलक्ष्मी पुरस्कार बौद्ध […]

‘वर्णविन्यासघाती कानुनको कठघरामा’ सावर्जनिक

  काठमाडौँ । चूडामणि गौतमद्वारा लिखित ‘वर्णविन्यासघाती कानुनको कठघरामा’ नामक पुस्तक आज सार्वजनिक भएको छ । नेपाल कानुन व्यवसायी भाषा–साहित्य प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर, अधिवक्ता प्रेमबहादुर खड्का, पूर्वन्यायाधीश कमलनारायण दासलगायतले कृति संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । उक्त पुस्तकमा वर्णविन्यास, शब्दकोश, नेपाली भाषा, नेपाली भाषामाथि आक्रमणलगायत विषयमा १३ शीर्षकमा विभिन्न लेखकका […]

कार्टुनमा क्यारिकेचर

  काठमाडौंँ । कार्टुनमा क्यारिकेचरका विषयमा नेपाल कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानको संयुक्त आयोजनामा आज नेपाल कला परिषद्मा कार्यशाला तथा अन्तक्र्रिया गरिएको छ । ‘नेपाली क्यारिकेचर २०७४’ कार्यशाला, प्रदर्शनी तथा प्रतियोगिताको शुभारम्भ गर्दै प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख नारदमणि हार्तम्छालीले समाज रुपान्तरणमा कार्टुनले जनतासँग प्रत्यक्ष संवाद गर्दै आएको बताउँदै भन्नुभयो, […]

साहित्यकार शर्माको ‘चिताको काखमा’ विमोचन

sahitya

    बाबियाचौर (म्याग्दी) । म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १३आँै कृति ‘चिताको काखमा’को बुधबार बेनीमा विमोचन गरिएको छ । बेनी नगरपालिका–६ का शर्माले ७०आँै जन्मोत्सवका अवसरमा प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘चिताको काखमा’को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले विमोचन गर्नुभएको हो । यो कृतिमा सामाजिक र जीवन सङ्घर्षका विषयवस्तुमा आधारित कविता रहेका छन् । […]

‘नेपाली कलाको रुपरेखा’ बजारमा

  काठमाडौँ। शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले लेख्नुभएको ‘नेपाली कलाको रुपरेखा’ (प्राचीन र मध्यकालीन) नामक कृति आजदेखि बजारमा आएको छ । चित्रसहितको सो कृतिमा प्रस्तर मूर्तिकला माटाका मूर्ति, हाड र हस्तिहाडका मूर्ति, काठका मूर्ति, धातुका मूर्ति, चित्रकला, धातु मूर्ति निर्माण विधि, ध्यानी बुद्धका लक्षण, ध्यानी बुद्धका पञ्चस्कन्ध र पञ्चज्ञान, उदाहरणीय मूर्ति र चित्रलगायत विषयमा अनुसन्धान […]

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

madhu

  काठमाडौँ । साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् । आज यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए । उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको […]