Home » प्रवास “प्रवास”

अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

  काठमाडौँ । दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टे«डिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल २०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ । गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा […]

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

nrn australia

  काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । गतवर्ष नेपाल सरकारले […]

मानव तस्करको योजनामा कुवेतबाट देश निकाला गरिएको दाबी

  काठमाडौँ। नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिनुभयो । कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू […]

३१८ नेपाली विदेशी जेलमा

jail

  काठमाडौँ। भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग […]

रामबहादुरको उपचारमा मोना युएईको सहयोग

  बेनी (म्याग्दी) । मङ्गला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका रामबहादुर पाण्डेको उपचारमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना युएई)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । घरायसी प्रयोजनका लागि रूखमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका पाण्डेको उपचारका लागि सङ्कलन गरिएको रकम मङ्गलबार एक कार्यक्रमबीच मोना युएईका सचिव सुवास राम्जालीले अभियानका संयोजक बाबुराम आचार्यलाई हस्तान्तरण […]

विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग

mo

रत्ननगर (चितवन) । अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’ उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका […]

प्रवासी नेपालीबाट एम्बुलेन्स

ambulance

  खोटाङ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रवासबाट एम्बुलेन्स प्रदान गरिएको समाजका सचिव पर्शुराम श्रेष्ठले बताउनुभयो […]

भारतीय विद्यालयमा नेपाली अध्यक्ष र प्रबन्धक

school

  चन्द्रौटा (कपिलवस्तु)। भनिन्छ काम गर्ने मान्छेलाई कुनै सिमानाले छेक्दैन । काम गर्ने मान्छे विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो छाप बनाउन सक्छ । त्यस्को गतिलो उदाहरण बनेको छ कपिलवस्तु कृष्णनगरका शाह परिवार । शाह परिवारले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत उदाहरणीय काम गरी नेपालीको शिर उचो राख्ने काम गरेका छन् । शाह […]

भारत हुँदै दुबई पुगेका ३५ नेपाली महिला फिर्ता

india

  काठमाडौँ । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ । फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट आज दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी […]

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

malaysa

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताउनुभयो । “ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका […]