Home » अर्थ वाणिज्य “अर्थ वाणिज्य”

कोरियामा कार्यरत नेपालीको सेवा, सुविधा बढाउन आग्रह

  काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली […]

‘ आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

  काठमाडौँ । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् । जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताउनुभयो । देश विकासका लागि निरन्तर लागिरहने स्व […]

फ्रान्सेली इन्जिनियर सामुदायिक लज निर्माणमा

  बेनी (म्याग्दी)। अन्नपुर्ण गाउँपालिका– ५ मा रहेको खोप्रालेकमा सामुदायिक लजलाई आधुनिक र सुविधा सम्पन्न बनाउन फ्रान्सेली इन्जिनिय खटिनु भएको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँमा परेको खोप्रालेकमा रहेको सामुदायिक लज सुविधा सम्पन्न बनाउन फ्रान्सबाट आएका दुई जनाको सक्रियतामा स्थानीय जनशक्तिले करिब रु एक करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक १२ कोठामा २० वटा […]

उद्योग विकास शाखाबाट उद्योग दर्ता हुने

  काठमाडौँ । जिल्लामा दर्ता हुने लघु, घरेलु तथा साना उद्योग दर्ता अब ‘उद्योग विकास शाखा’बाट हुने भएको छ । यसअघि घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट उद्योग दर्ता हुँदै आएकोमा अबदेखि उद्योग विकास शाखाबाट हुन लागेको हो । उद्योग मन्त्रालयको यही असार १४ गतेको सचिवस्तरीय निर्णयअनुसार घरेलु […]

आइतबारदेखि सेयर बजार खुल्ने

  काठमाडौँ । मूल्य अभिवृद्धि कर लगाइएको विरोधमा सेयर कारोबार नै बन्द गरेको नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले आइतबारदेखि कारोबार गर्ने भएको छ । अर्थ मन्त्रालयले करका विषयमा आवश्यक निर्णय गर्ने जनाउ दिएपछि सङ्घ कारोबार गर्न सहमत भएको हो । महालेखा परीक्षकको कार्यालयले सेयर कारोबार गर्दा लाग्ने मूल्य अभिवृद्धि कर नतिरेको भन्दै बेरुजुमा राखेपछि अर्थ […]

सेयर खरिदका लागि उत्साहित

  रसुवा । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् । मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई […]

सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने

  काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी […]

वैदेशिक रोजगारका समस्यालाई चाँडो समाधान गर्छु ः श्रममन्त्री मन्सुर

  काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताउनुभयो । मन्त्री मन्सुरले संविधानको अधीनमा […]

वैदेशिक रोजगारीबारे एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

foreign

  काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि भइरहेको शोषणको विषयलाई उजागर गर्दै ‘मानिसलाई मुनाफामा परिणत गरिँदै’ शीर्षकको प्रतिवेदन आज सार्वजनिक गरेको छ । नेपालका आठ जिल्लाका एक सय २७ जना वैदेशिक रोजगारीबाट फर्किएका कामदार, २२ जना वैदेशिक रोजगार व्यवसायी, चार जना स्थानीय ‘एजेन्ट’ तथा जिल्लाका स्थानीय अधिकारीसँगको कुराकानी र नेपालीको प्रमुख गन्तव्य […]

पाँच अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

  काठमाडौँ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका लागि दर्ता गर्न सो विभाग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्थालाई परिमार्जन गरी रु पाँच अर्बसम्मका उद्योगलाई विभागबाटै स्वीकृत […]