जव आकासमा एकै पटक तीन सूर्य देखियो… (भिडियो)

sun

 

मिनसोट्टा । अमेरिकाको मिनसोट्टाको आकासमा तीन वटा सूर्य एकै पटक चम्केको निकै दुर्लभ दृश्य देखिएको छ । आकसमा निकै नजिक तीन वटा सूर्य चम्किरहेको तस्वीर र भिडियोको समाचारले अहिले धेरैको चासो बढाएको छ । यो तस्वीर र भिडियो कार्यालयबाट घर फर्किरहेका एक व्यक्तिले आफ्नो क्यामरामा कैद गरेका हुन् । सन डग अथवा फ्यान्टम सन भनिने यो अवस्था भने सूर्यको किरण हिउँमा प्रक्षेपण भएपछि आकासमा देखिने रोमाचंक दृश्य हो । मिनेसोट्टाको डेटोइट ताल नजिक परेको हिउमाथि सूर्यको किरण परेपछि यस्तो दृश्य देखिएको हो ।