यी हुन २० वर्षदेखि सँगै बसेपनि बोलचाल नगर्ने जोडी…(भिडियोसहित)

jap

भनिन्छ विवाह स्वर्गमै तय भएको हुन्छ । तर पनि कुनै पनि विवाहित जोडी सबै हिसावले एक अर्काका लागि पूर्ण नहुन सक्छन् । नेपालीमा त उखानैछ लोग्ने स्वास्नीको झगडा परालको आगो । अर्थात श्रीमान श्रीमतीको झगडा परालको आगोजस्तै एकै छिनमा सकिन्छ । तर जापानका एक विवाहित जोडी २० वर्ष सगै बसेपनि एक शव्द पनि एक आपसमा बोलेका छैनन् । तीन वटा छोराछोरीका यी अविभावक एउटै छाना मुनी बस्छन तर उनीहरुबीच बोलचाल बन्द भएको ठ्याक्कै २० वर्ष पुगेको छ । पछिल्लो २० वर्षदेखि आफ्नो श्रीमान ओकियो कातायामाले आफूसँग एक श्व्द पनि नबोलेको श्रीमती कातायामाले बताइन् ।

okou-katayama

उनीहरुको यो अनौठौ सम्बन्ध १८ वर्षीय छोरा योसुकीले जापानको होक्काइडो टेलिभिजनलाई पत्रमार्फत जानकारी गराएपछि सार्वजनिक भएको हो । आफ्ना बुबा आमा कुराकानी गरेको कहिल्यै नदेखेको र यसले आफ्नो तथा अन्य दिदि भाइको जीवनमा पनि नकारात्मक असर परेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन योसुकीले टेलिभिजनलाई पत्र लेखेका थिए । त्यसपछि टेलिभिजनले एउटा सार्वजनिक पार्कमा कार्यक्रम राखेर ती दम्पतीलाई निम्त्यायो । घटनाले ठूलै रुप लिन लागेपछि भने श्रीमान कातायामले श्रीमतीसँग क्षमायाचना गरे । आफूले २० वर्षसम्म नबोलेर आफनी श्रीमतीलाई निकै पिडा दिएको भन्दै उनले माफी मागेका छन् । बच्चा जन्मिएपछि अफ्नी श्रीमतीले आफूलाई त्यति ध्यान नदिएकाले आफूले श्रीमतीसँग बोलचालनै गर्न छोडिदिएको कातायामाले बताएका छन् ।