यो जुत्ता होइन्, घर हो! भाडामा लिने भए यसो गर्नुस !

shoe-house

यो हेर्दा विशाल जुत्ता हो । तर वास्तवमा यो दुई वेडरुम र एक बाथरुमसहितको आरामदायी निवास हो । अमेरिकाको टेक्सास शहरको हस्टनस्थित यो घर कलाकार डान फिलिप्सले निर्माण गरेका हुन् । फिलिप्सले अहिले यो घर मासिक १ हजार डलरमा भाडामा दिन विज्ञापन गरेका छन् । कलाकार फिलिप्सले आफू बालक हुदा पढेको नर्सरी राइम “द ओल्ड हु लिभ इन ए सू” बाट प्रभावित भएर यो जुत्ता आकारको घर बनाएको बताएका छन् । आकारमा काउ वोई बुट जस्तो देखिएपनि दुई तला रहेको यो घरमा दुइ बेडरुम, किचन र बाथरुम छन् ।