काठमाडौं, ४ माघ । सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा यसको बिरोध हुन थालेको छ ।
प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । मन्त्रीपरिषद बैठकले बुधबार २ नम्बर प्रदेशको राजधानी जनकपुर तोकेपछि विरगञ्जका बासिन्दाले भने यसको बिरोध गरेका छन् । बिरगञ्जको चोक चोकमा जम्मा भएर प्रदर्शनकारीहरुले
२ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने माग गरेका छन् । आन्दोलनकारीले एउटा निजी कार तोडफोड पनि गरेका छन् ।
बन्दका कारण वीरगन्ज क्षेत्रको जनजिवन प्रभावित भएको छ । जनकपुरवासीले भने सरकारी निर्णयको स्वागत गरेका छन् ।
