सल्यान-काठमाडौँ मञ्चको अध्यक्षमा नबिन बुढाथोकी

10,250

काठमाडौं, १४ माघ । सल्यान काठमाडौँ संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नबिन बुढाथोकी निर्वाचित भएका छन् ।
मञ्चको पाचौं भेलाले बुढाथोकीको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नेकपा माओवादी केन्द्र निकट मञ्चकोे वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र कुंवर र कमल डांगी, उपाध्यक्षहरूमा सुश्मा चन्द, सदिक्षा घर्ती मगर र गोबिन्द थापा, सचिवमा सरगम भण्डारी, सहसचिवमा सेवक शर्मा र प्रेम नेपाली साथै कोषाध्यक्षमा जनक कुमार यरी रहेका छन् ।
भेलाले २१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

माओवादी सल्यान जिल्ला कमिटीले निवर्तमान अध्यक्ष कुल बहादुर वलीलाई पार्टी बिरोधी गतिविधि गरेको भन्दै अध्यक्ष पद बाट हटाएर मोति लाल रेउलेलाई संयोजक तोकेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री टेक बहादुर बस्नेत, सल्यान जिल्ला इन्चार्ज नेव बहादुर कुंवर ‘विवेक’, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलक राज भण्डारी, जनसम्पर्क मञ्चका संस्थापक अध्यक्ष मनोहर लामिछानेको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.