प्रधानमन्त्री देउवाले दिए राजीनामा

208

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । देउवाले देशबासीलाई सम्बोधन गर्दै विहिबार राजीनामा दिने घोषणा गरेका हुन् ।

नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा दाबी गरे । यसअघि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।

सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने उनले बताए ।

सम्वोधन लगत्तै राष्ट्रपति कार्यालय शितल निवास पुगेर देउवाले राजीनामा बुझाएका हुन् ।

Leave A Reply

Your email address will not be published.