रौतहट र ताप्लेजुङ फाइनलमा

football

 

वालिङ । राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन् ।

स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

स्याङ्जाको वालिङमा भएको आजको सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो ।

रौतहटलाई फाइनलमा पु¥याउन १४औँ मिनेटमा अञ्जली योन्जनले गोल गर्दै खाता खोलेकी हुन् । पहिलो हाफमा १–० को अग्रता लिएको रौतहटले दोस्रो हाफको ५८ मिनेटमा रश्मीकुमारी घिसिङले नतिजालाई दोब्बर पारिन् । पछि ८८ आंै मिनेटमा अनिता केसी र खेलको अतिरिक्त समयमा निशा थोकरले एक÷एक गोल गरेका थिए ।

उता, आजै पाल्पाको तानसेनमा भएको अर्को सेमिफाइनल खेलमा ताप्लेजुङले काठमाडौँलाई ४–० गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश पायो ।

ताप्लेजुङका तर्फबाट ११ औँ र ८२ औँ मिनेटमा अनुष्का शेर्पाले गोल गरिन् भने ५९ औँ मिनेटमा रेखा लिम्बु र ७४ औँ मिनेटमा अनिता बस्नेत एक÷एक गोल गरेका थिए ।

लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा एन्फामा आबद्ध २८ जिल्लाका महिला खेलाडी सहभागी छन् । यही जेठ १६ देखि सुरु भएको प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख पचास हजार पाउनेछन् । रासस