सुशीला कार्कीलाई लोकमानको १० करोड “गोडधुवा” 

4,096


काठमाडौं, २६ साउन । अख्तिायार दुरुपयोग अनुसन्धान आयोेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैया अफर गरेको खुलासा भएको छ ।
आफूविरुद्ध सर्वाेच्चमा विचाराधिन मुद्धा जिताइदिए सुशीला कार्कीलाई १० करोड
गोडधुवा दिन खोजेको खुलासा भएको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो ।
सुवेदीको पुस्तकमा उल्लेख छः “टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे, अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ । लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।”

Leave A Reply

Your email address will not be published.