
काठमाडौं, भदौ ८। आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ परेका छन् ।
गोंगबु प्रहरी प्रभागको सिभिल प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने नुवाकोट तादी गाउँपालिका – ६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाललाई स्थानियले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
दाहालले काठमाडौं महानगरपालिका -२६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ धम्क्याएका थिए । उनलार्इ बिहीबार स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएका हुन् ।
