विदेश पलायन रोक्न रोजगारीको व्यवस्था हुनुपर्ने

213

बागलुङ, १ भदौ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अबको १५÷२० वर्षमा मुलुकको अवस्था फेर्न नसके मुलुक पछि धकेलिने बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले आज आयोजना गरेको दोस्रो तीज महोत्सवको उद्घाटन गर्दै सांसद थापाले प्रत्येक दिन एक हजार ५०० युवा विदेशिएकाले उनीहरुलाई देशमै रोक्न सक्ने वातावरण नबनेसम्म देश नबन्ने धारणा राख्नुभयो ।
युवाको विदेश पलायन रोक्न उद्यमशीलता र रोजगारीको व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । “रोजगारी सरकारले दिने होइन, वातावरण बनाउने हो, रोजगारी व्यक्तिले सिर्जना गर्ने हो”, नेता थापाले भन्नुभयो, “उद्यमी तयार गर्नतर्फ लागौँ, सबै उद्यमशील बनौँ ।” रासस

Leave A Reply

Your email address will not be published.