बैतडी । प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले दशैँको मुखमा तलब पाएका छैनन् । कर्मचारीहरुले साउनदेखि तलब नपाएका हुन् ।
दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् ।
दशैँअघि तलब पाउने आश मरिसकेको भन्दै कर्मचारीहरुले दुखेसो गरेका छन् ।
यस्तै डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । प्रदेश सरकार रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन् ।