काठमाडौं । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने भएको छ । एसियन फेडरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशको आयोजनामा दक्षिण एसियाली क्षेत्रको आठ मुलुकको सहभागितामा प्रतियोगिता हुन लागेको हो । आउँदो मंसिर ७ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दक्षिण एसियाका आठ वटै मुलुकका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको एक्सक्लुसिभ रिप्रेजेन्टेटिभ नेप्लिज फेडरेशन अफ बडीविल्डिग एण्ड फिटनेस (एनएफबिएफ) को विहिबार काठमाडौं लाजिम्पाटस्थित होटल ली हिमालयमा बसेको बैठकले प्रतियोगिता सम्पन्न गर्न १९ सदस्यिय मूल आयोजक समिति गठन गरेको हो । एनएफबिएफ अध्यक्ष शिव लामिछानेको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा रण बहादुर थेवे, उपाध्यक्ष एवं कोषाध्यक्षमा रविन्द्र श्रेष्ठ, सदस्य सचिवमा लोकेन्द्र परियार, सहकोषाध्यक्षमा रेणुका श्रेष्ठ र सहसचिवमा नरेश मल्ल रहनु भएको छ । यस्तै आयोजक समितिको प्रेस सल्लाहाकारमा सुशील पाण्डे, कानुनी सल्लाहाकारमा कुमार भट्टराई र अनुप प्रकाश र सुदिल शाही सल्लाहाकार रहनु भएको छ । यस्तै सदस्यहरुमा पवन डंगोल, रुपेन्द्र गुरुगं, रोशन महर्जन, राजेशरत्न बज्राचार्य, रमेश श्रेष्ठ, सम्राट सापकोटा, विक्रम लिम्बु, निशा राई र राजेन्द्र तुलाधर रहनु भएको छ ।
प्रतियोगितासँगै दक्षिण एसियाली क्षेत्रको आठवटै मु्लुकको साझा संगठन साउथ एसियन फेडरेसन अफ बडिबिल्डिगं एण्ड फिटनेश पनि गठन हुनेछ ।