नेपाल प्रहरीमा कार्यरत पाण्डेको प्रहरी गीत ‘‘आधी र हुरी प्रचण्ड गर्मी’’ बजारमा

693

नेपाल प्रहरीमा कार्यरत गीतकार भोजराज पाण्डेले प्रहरी गीत बजारमा ल्याएका छन् । राष्ट्र र जनताको सेवाको निम्ति अहोरात्र खटिने ईन्सपेक्टर पाण्डेका केही गीत यसअघि नै बजारमा आएका छन् । अत्यन्तै व्यस्त जीवन र संवेदनशील नेपाल प्रहरीको जागिर भएतापनि केही समय निकालेर गीत रचनाको माध्यमबाट आफूलाई गीतसंगितबाट पनि फरक पहिचान बनाउन सफल भएका छन् ।
हाल महानगरीय प्रहरी बृत्त अनामनगरमा कार्यरत नेपाल प्रहरीका प्रहरी निरिक्षक पाण्डेले ‘‘आधी र हुरी प्रचण्ड गर्मी भन्दैन क्यै गरी, कतव्र्य प्रति निर्भिक र अटल नेपाल प्रहरी।।।।’’ बोलको गीत शान्ति सुरक्षामा अहोरात्र खटिने कर्मठ प्रहरीको उत्कृष्ठ गीतका रुपमा बजारमा पस्केका हुन् ।
रचनाकार भोजराज पाण्डेको यस गीतमा अहिलेका व्यस्त, नेपाल आइडलबाट चर्चा कमाउन सफल चर्चित गायक प्रताप दासले आवाज दिएका छन् । दाससँगै हवन लामाको स्वर छ । जसमा संगित दिपक शर्माले भरेका छन् । जुन गीतमा एरेञ्ज प्रमोद परियारले गरेका छन् ।

भर्खरै अडियो मार्फत बजारमा आएको यो गीतलाई समयानुकुल भिडियो समेत बजारमा ल्याउने गीतकार पाण्डेले बताए । यसअघि पाण्डेले दर्जन बढी गीत लेखिसकेका छन् । उनको ‘‘बिते कति रात’’, ‘‘घुम्टो ओडी नबस है’’, ‘‘आखाँ भरी आंशु लिई’’ ‘‘प्यासको भोको म देखेनौ र मलाई’’ लगायतको गीत बजारमा आइसकेका छन् । केही हप्तामा ‘‘धोका दियौ तिमीले माया गर्छु भनि।।।’’गीतको रेकर्डिङ कार्य सकिने पाण्डेले बताए । ‘‘राम्चे बनको डिलमा बसी टोलाई तिमी हेर्दा, गाह््रो हुन्छ सम्हालिन आशु तिम्रो देख्दा’’ र ‘‘तम्घास माथि रेसुङ्गामा कोइली चरी डुल्छ, मलाई मात्र हो की यस्तो तिमीलाई नी हुन्छ’’ गीत लेखन पुरा भएको उनले बताए ।
उनका गीत प्रायः माँया प्रितिसँगै आफ्नाबाट टाढा हुँदा यादमा बित्ने पललाई पाण्डेले गीतमा समेटेको पाइन्छ । बिशुद्ध नेपाली मौलिक शब्दहरुलाई उनी दर्शक स्रोतमाझ पस्कने उनका गीतमा गाउँले शब्दहरुको समिश्रण उत्तिकै पाइन्छ । कार्यक्षेत्रको दौरान कानून कार्यान्वयन र शान्ति सुव्यबस्था कायम गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने खरो स्वभावका इन्सपेक्टर पाण्डेले रचना गरेका गीतहरु भने अत्यन्त मार्मिक र मन मुटु छुने खालका पाइन्छन् ।
जागीरको सिलसिलामा रुपन्देही, तनहुँ, पाल्पा सहित लामो समय काठमाडौंमा सेवामा तल्लिन पाण्डे गीतकारको रुपमा परिचित बनिसकेका छन् । उनी भन्छन्–चाहेको खण्डमा असम्भव केही छैन । सानैदेखि गीत, कविता लेख्न र भन्न मनपराउने गीतकार पाण्डेले जागिरे जीवन घरपरिवार र जागिरको दौरान आफन्तीको माँयामा उब्जिएका भावनालाई गीत मार्फत पनि व्यक्त गरेका छन् । उनका केही गीत म्यूजिक भिडियो सहित युट्युव मार्फत बजारमा आएको छ भने केही गीत अडियोको रुपमा बजारमा छ । म्युजिक भिडियोका रुपमा पनि बजारमा ल्याउने उनको तयारी रहेको बताए । प्रायः साँझको समयमा गीत लेख्न मन पराउने बताउने उनी धेरै जसो गीत साझँमा कोरेको बताए । पाण्डे गीत कोर्दाकोर्दै फोन आएपछि कति पटक त फिल्डमा जानुपरेको अबस्था सुनाए ।
२४ बर्षे जागीरको सिलसिलामा देश र विदेशका धेरै ठाउँ पुगेका उनी दर्शक स्रोताको मायाँले गीतसंगीतलाई पनि सँगसँगै लैजान प्रयत्न गरेको बताउछन् । नेपाल प्रहरीको चौबिसैं घण्टा डियुटीमा खटिनुपर्ने भएपनि केही समयको साथ सबैको हौसलाले गीतसंगितमा लाग्न उत्प्रेरणा मिलेको उनी बताउछन् ।

Leave A Reply

Your email address will not be published.