काठमाडौं । भष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । पूल्चोकस्थित नेपालका लागि नेपाली अभियानका कार्यालयमा पत्रकार सम्मेलन भइरहदा करिब १५ जनाको समूहमा आएको व्यक्तिहरुले शाहीमाथि कुटपिट गरेको हो । कुटपिटमा संलग्नहरुले मन्त्री योगेश भट्टराइलाई बदुनाम गरेको भन्दै ज्ञानेन्द्र शाहीलाई गालीगलौज पनि गरेका थिए । पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुमाथि पनि कुटपिट भएको छ । कुटपिटपछि घटनास्थलमा आएको प्रहरीले शाहीलाइ लिएर गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
Prev Post
” ‘रअ’ ले राजतन्त्र फाल्दियो भन्नेहरु वेवकुफ हुन, ‘रअ’ का एजेण्ट हुन । अमर भुषणको किताव हावादारी!”
Next Post