काठमाडौं । आफूलाई राष्ट्रको संचार दाबी गर्ने दुरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकमले विभिन्न अफरका नाममा ग्राहक लूट्ने र ठग्ने गरेको खुलासा भएको छ । ग्राहकलाई सुविधा दिने र सस्तो सेवा प्रदान गर्ने नाममा विहान ५ बजेदेखि वेलुकी ५ बजेसम्म ९० मिनेटको ८ रुपैया ९९ पैसामा दिने अफरमा ग्राहक ठगिने गरेको खुलेको हो । टेलिकमले भने अनुसार अफर लिने ग्राहक थाहै नपाइ ठगिने गरेका छन् । अफर लिएपछि विहान ५ बज्ेदेखि वेलुकी ५ बजेसम्म नेपाल टेलिकमकै नम्बरमा फोन गर्दा थप शुल्क नलागेपनि यदि तपाइको पोष्टपेड मोबाइलमा व्यालेन्स रकम माइनसमा पुगेमा तपाइ नराम्ररी ठगिनु हुनेछ । यदि तपाइको नेपाल टेलिकमको पोष्टपेडको ग्राहक हुनुहन्छ र तपाइले डे प्याक अफर भ्वाइस कल लिनु भएको छ भने तपाइको क्यालेन्स रकम माइनसमा नपुगुन्जेल त तपाइको क्यालेन्स रकम काटिदैन तर रकम माइनस १ मात्र भएपनि यसअघि तपाइले ८ रुपैयाँ ९९ पैसा तिरेर प्राप्त गरेको अफरभित्र गरेका सबै फोनको शुल्क नेपाल टेलिकमले उठाउने गरेको छ । यस्तो समस्या सहितका टेलिकमका ग्राहक न्यूज भ्युज नेपालको सम्पर्कमा आएपछि हामीले यस बारेमा बुझ्न नेपाल टेलिकमले नै दिएको १९१, १४९८ लगायतका नम्बरमा बारम्बार सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन् । ग्राहका गुनासा सुन्नका लागि दिने यस्ता नम्बरमा अटोमेटिक आउने प्रत्युतर सुन्दा र समस्या सुनाउने प्रयास गर्दा ग्राहकको समयको थप बर्वादी हुने गरेको छ । अनेक अफरका नाममा ग्राहक ठग्दै आएको नेपाल टेलिकमका सम्बन्धमा सम्बन्धित निकायले ध्यान दिएर ग्राहकलाई ठगिनबाट बचाउने कसले हो ? टेलिकमबाट ठगिएका ग्राहकहरुको प्रश्न र गुनासो छ ।