काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सुनसरी इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इन्चार्ज लक्ष्मण पौडेल “विश्वास” र सेक्रेटरी सन्तोष विष्ट “सन्देश” लाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सोमबार इटहरीबाट पक्राउ गरिएको नेकपाले बताएको छ । बाटोमा हिडिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पक्राउ परेका पौडेल र विष्टलाई अहिले इटहरीको इलाका प्रहरी कार्यालयमा राखिएको छ । सरकारले नेकपामाथि गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै नेकपाका नेता कार्यकर्ताविरुद्ध देशैभर धरपकड र गिरफ्तारी जारी छ ।