काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । विभागको शुक्रबार बसेको बैठकले भारतमा निर्माण भइरहेको खोप कोभिसिल्डको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको हो । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।
कोभिसिल्ड भारतको सेरम इनिस्च्युट अफ इण्डियाले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोप हो ।