सरकारी कार्यकक्ष कब्जा गरेर व्यक्तिगत काममा व्यस्त वातावरण विभागका डिजि तिवारीको यो कस्तो हर्कत?

ढोकामा "व्यस्त" भित्र डिजि तिवारी मस्त

16,863

काठमाडौं, पुस २६ । सरकारी कार्यालय सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा प्रवाह गर्न अथवा राष्ट्र सेवाको लागि हो । तर यसलाई केही सरकारी “हाकिम” भन्नेले नै दुरुपयोग गरे भने के होला ? हो, यस्तै भएको छ वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण हेर्ने जिम्मा पाएको सरकारी अड्डा वातावरण विभागमा ।

वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी

वातावरण विभागका महानिर्देशक शिवलाल तिवारीले सरकारी कार्यालयलाई नीजि निवासको रुपमा दुरुपयोग गरेको पाइएको छ । त्यो पनि एक दिन दुई दिन होइन् । पछिल्लो झण्डै एक महीनादेखि तिवारीले महानिर्देशकको सुविधासम्पन्न कार्यकक्षलाई आफ्नो नितान्त व्यक्तिगत कामका लागि प्रयोग गरिरहेका छन् । कार्यालय समयमा भेटन जाने जो सुकैलाई ढोकामा राखेका पिएमार्फत उनले फर्काउने गरेका छन् । ‘‘भित्र डिजिसाप व्यस्त हुनुहुन्छ, हल्ला नगर्नुस!’’ भन्दै पिएले हप्काउने गरेको विभिन्न कामले उनलाई भेट्न जानेहरुले गुनासो गरेका छन् ।

आखिर डिजि तिवारी केमा व्यस्त हुन्छन त कार्यालय समयमा आफ्नै कार्यकक्षमा ? यो थाहा पाउने अधिकार कसैलाई छैन् । विना कुनै् सुचना ढोका थुनेर तिवारी भित्र! ढोकामा अभद्र पिए ! भेट्न जानेलाई ‘डिजि साप तालिममा हुनुहुन्छ एक बजेपछि आउनुस!’ भन्दै पिएले हप्काउने गरेको देख्नेहरुले बताएका छन् ।  तिवारीलाई भेट्न जाने सेवाग्राही अपमानित हुने गरेको वातावरण विभागकै एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए । स्रोतका अनुसार तिवारी कुनै अनलाइनको तालिम भन्दै विहान आठै बजेदेखि सरकारी कार्यकक्षको सुविधा दुरुपयोग गर्दै आइरहेका छन् । कार्यालय समयभित्र कुन ऐन कानुन र कार्यविधि अनुसार तिवारीले यसो गर्ने हिम्मत गरे होलान त ? कार्यालय समय सेवाग्राहीको सेवाका लागि हो, आफ्नो तालिमको लागि होईन् । कार्यालयको सरसुविधा कार्यकक्ष सेवाग्राही र राष्टसेवाका लागि मात्र उपयोग गर्न पाइने प्रावधान र नैतिकतालाई पनि बलात् मिचेर तिवारीको हर्कतलाई कस्ले साथ दिइरहेको छ त? ‘माथि आफ्नै फेभरका सचिव छन् मलाई कस्ले छुने!’ भन्दै तिवारीको मनलाग्दीपन बढेको कर्मचारीहरुको भनाई छ ।

कार्यालय समयमा ढोका बन्द गरेर तिवारी अनलाइन तालिम भन्दै भित्रै मस्त

यतिमात्र होईन् विभागको बजेटमा पनि तिवारीले स्वइच्छाचारिता देखाएका छन् । बर्षाेदेखि वातावरण विभाग कब्जा गरेर बसेका केही कर्मचारीको सल्लाहमा तिवारीले अन्य कर्मचारीलाई उपेक्षा गर्ने गरेको गुनासो रहेको छ । वातावरण नियमनका नाममा आफू नजिकका कर्मचारीले घरविदामा बस्दै भत्ता बुझ्ने गरेको र कार्यक्रममा चिया विस्कुट खुवाएर खाजाको पैसा असुल्ने कर्मचारीसँग तिवारीको मिलेमतो रहेको वातावरण विभागकै स्रोतले बतायो ।

कार्यालय समयमै ढोकामा “व्यस्त” टाँगेर डिजि तिवारी दिनभर कार्यकक्षमा मस्त

उसो त उपमहानिर्देशक तारा दत्त भट्टको पनि व्यहोरा सेवाग्राही र कर्मचारीमैत्री नभएको उनकै मातहतका कर्मचारीको आरोप छ । समयमा कार्यालय नआउने, ढिलो आउने र आउने वित्तिकै मन्त्रालयमा मिटिङ छ भन्दै निस्कनु प्राय उनको दैनिकि भएको नाम गोप्य राख्ने शर्तमा वातावरण विभागकै एक वरिष्ठ कर्मचारीले ताए ।

Leave A Reply

Your email address will not be published.