‘बन्दरगाह’ जस्तै बन्यो बिराटनगर विमानस्थल !

203

२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो ।

भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।

बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर पानीजहाज रोकिने बन्दरगाह हो ।

डुबानका कारण यसरी विमानस्थल नै डुबेको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।

दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ । जहाजका पाङ्ग्राहरु डुबेको अवस्थामा देखिएको श्री एयरलाइन्सको यो विमानचाहिँ दुई दिनअघि परीक्षण उडानका क्रममा काठमाडौंबाट बिराटनगर पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.