चिसोले ज्यान गुमाउँदै सर्वसाधारण, सरकारलाई छैन मतलव

मधेसी दल कसलाई सांसद बनाउने भन्ने विवादमै मस्त

8,515

काठमाडौं। दिनप्रतिदिन बढ्दो चिसोको कारण सर्वसाधारणले ज्यान गुमाउनेक्रम बढ्दो छ , तर चिसोबाट जनताको ज्यान रक्षाका लागि सरकारले भने खासै मतलव गरेको छैन् । चिसोका कारण तराइमा यो वर्ष अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ । तर सरकार भने चिसोबाट बच्ने उपाएको विज्ञापन प्रचार गरेर बसेको छ । तर सर्वसाधारण भने चिसोबाट बच्न एक आगं ढाक्ने लुगा नहुँदा र एक छाक तातो खाना नपाएर ज्यान गुमाउन बाध्य छन् ।

चिसोका कारण पर्सामा अहिलेसम्म ७ जनाको ज्यान गइसकेको छ भने यो क्रम तराइका अन्य जिल्लामा पनि बढदै छ । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार मात्र चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ ।

अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ ।

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर बुधबार सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर मृत्यु भएको हो ।

यससँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जनता चिसोका कारण मर्दै गर्दा सरकरालाई त वास्ता भएन भएन मधेसकै नाममा राजनीति गर्ने र आफूलाई मधेसको मसिहा ठान्ने राजनीतिक दलहरुसमेत मधेसी जनताको पक्षमा चुँसम्म बोलेका छैन । बरु मधेसी केन्द्रित राष्टिय जनता पार्टी त निर्वाचन आयोगसँग समानुपातीक निर्वाचनको नामाबली विवादमा फसेको छ ।

 

Leave A Reply

Your email address will not be published.