काठमाडौं, २८ पुस । वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
नायव सुब्बा खगेन्द्र प्रसाद गौतम घुससहित समातिएका हुन् ।
आयोगको टोलीले शुक्रवार गौतमलाई उक्त घूस रकमसहित काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।
