संखुवासभा, ३० पुस । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।
खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका ३, सामाटारमा दुर्घटनाहुदा गाउपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनको मृत्यु भएको हो ।
दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।उनीहरू जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।
