धनकुटाको आन्दोलन उग्र, दर्जनौ घाइते, अनिश्चितकालीन कर्फ्यू

218

 

धनकुटा, ४ माघ ।  प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले उग्र  रुप लिएपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानिय प्रशासनका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको हो ।

यसैबीच आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा धेरै घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ । आन्दोलनकारी र प्रहरीबीच अहिले ढुंगा हानाहान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.