
काठमाडौं, १६ माघ ।
नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् ।
भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको विज्ञप्तिमा जनाइएको छ ।भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने कार्यक्रम छ ।
