को को परे राष्ट्रिय सभामा कांग्रेसबाट ?

189

काठमाण्डौं, २५ माघ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा १३ सदस्यले प्रतिनिधित्व गर्ने भएका छन् । वुधवार भएको राष्ट्रिय सभाको निर्वाचनमा चार जना निर्वाचित भएका थिए भने त्यस अघि नौं जना निर्विरोध चयन भइसकेका थिए । प्रदेश ६ बाट भने नेपाली काँग्रेसको राष्ट्रिय सभामा प्रतिनीधित्व नहुने भएको छ ।
वुुधवार भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश ३ बाट खुला तर्फ राधेश्याम अधिकारी निर्वाचित भए भने महिलातर्फ धना खतिवडा निर्वाचित भईन । प्रदेश ४ मा सुरेन्द्रराज पाण्डे खुलाबाट र महिला कोटाबाट वृन्दा रानामगर निर्वाचित भइन् ।
निर्वाचन हुनु अघि नै काँग्रेसबाट नौं जना सदस्य निर्विरोध चयन भएका थिए । प्रदेश १ मा निर्विरोध चयन भएका रमेशजंग रायमाझीले मोरङबाट काँग्रेसको विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । काँग्रेस नेता खुम वहादुर खड्का नजिक रहेका रायमाझी फिल्म निर्माता पनि हुन् । राष्ट्रिय सभामा प्रदेश १ बाट छनोट भएकी सरिता प्रसाई झापाकी हुन् । प्रसाई हाल कृषि राज्य मन्त्री छन् ।
प्रदेश नम्बर दुईमा काँग्रेसबाट जितेन्द्र देव र मुक्तादेवी यादवले राष्ट्रिय सभामा प्रतिनीधित्व गर्र्ने भएका छन् । देव र यादव प्रदेश २ बाट निर्विरोध छनोट भएका हुन् । पर्यटन मन्त्रालय सम्हालिरहेका देव तत्कालीन फोरम लोकतान्त्रिकको उपाध्यक्ष थिए । महिला तर्फबाट चयन भएकी यादव ०७० समानुपातिक सभासद् पनि बनेकी थिइन् भने उनी पेशाले शिक्षीका हुन् ।
प्रदेश ३ मा वुधवार निर्वाचित भएका राधेश्याम अधिकारी खुलातर्फबाट निर्वाचित भएका हुन् । अधिकारी नेपाल वार एसोसिएसनका पुर्व अध्यक्ष पनि हुन् । ०७० मा मनोनित सभासद् रहेका अधिकारीलाई राष्ट्रिय सभा निर्वाचनमा विवेकशिल साझाले पनि समर्थन गरेको थियो । नेपाल महिला संघकी महासचिव धना खतिवडा राष्ट्रिय सभामा निर्वाचित भएकी छन् ।
प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे खुला र वृन्दा रानामगर महिलाबाट निर्वाचित भएका छन् भने प्रकाश पन्थ अपाङबाट निर्विरोध भइसकेका थिए । पाण्डे केन्द्रिय सदस्य हुन् । अपाङतर्फ स्याङ्जाका एमालेबाट प्रत्यासी राम वहादुर थापाको उम्मेदवारी आयोगले खारेज गरेपछि पन्थ निर्विरोध भएका हुन् । महिलाबाट विजयी भएकी वृन्दा रानामगर कास्की काँग्रेसको महिला नेतृ हुन् ।
प्रदेश ५ मा निर्विरोध चयन भएकी अनिता देवकोटा दाङकी महिला नेतृ हुन् । देवकोटा निर्वतमान सांसद पनि हुन् । दुर्गा प्रसाद उपाध्याय वुधवार खुला तर्फबाट निर्वाचित भएका छन् ।
प्रदेश ७ बाट बद्रि पाण्डे खुलाबाट र महिलाबाट तारादेवी भट्ट निर्विरोध चयन भएका थिए । काँगे्रस केन्द्रीय सदस्य बद्री पाण्डे खुला तर्फ र तारादेवी भट्ट महिला कोटाबाट निर्विरोध राष्ट्रिय सभाका लागि बाटो सहज बनाएका हुन् । बाजुरा घर भएका पाण्डे नेपाली विद्यार्थी संघबाट राजनीति शुरु गरेका हुन् । महिला कोटाबाट निर्विरोध भएकी भट्ट कञ्चनपुरवासी हुन् ।

Leave A Reply

Your email address will not be published.