अर्थमन्त्री कार्की र भिम रावलबीच झण्डै कुटाकुट

65


काठमाण्डौं, २६ माघ ।  अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच हात हालाहालको स्थिति सिर्जना भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उहाँहरुबीच हात हालाहालको स्थिति सिर्जना भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा दुई नेताबीच पाखुरा सुर्कासुर्की भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोक्नु परेको थियो । रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए ।

रावलले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा प्रवेश गरे ।

रावल बोलेलगत्तै कार्कीले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे ।

एमाले उपाध्यक्ष रावलले त्यसको प्रतिवाद गरे । रावलले कार्कीलाई बैठकमा ढिलो आएकाले कुरा नबुझेको र सरकारले स्वेच्छाचारी ढंगले निर्णय गरेको आरोप लगाएपछि अर्थमन्त्री कार्की रावललाई झम्टेको एक प्रत्यक्षदर्शीले बताए ।

‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर रावललाई झम्टिएका थिए ।

दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गरेर दुई नेतालाई मुक्का मुक्कि गर्नबाट रोकेका थिए ।

 

Leave A Reply

Your email address will not be published.