कक्षा १ पढ्न ५ लाख खर्च

341


काठमाडौं, १५ फागुन ।  नेपालमा कक्षा १ को अध्ययन पुरा गर्न कति खर्च लाग्ला? खासै खर्च नलाग्ने धेरैको अनुमान हुनसक्छ । तर वास्तविकता अर्के छ । नेपालको नीजि विद्यालयमा कक्ष १ पढ्न ५ लाख खर्च गर्नुपर्ने अवस्था छ ।
अन्नपूर्ण पोस्ट दैनिकले निजी विद्यालयको मनपरी शुल्क असुलीको आज चिरफार गरेको छ । अन्नपूर्णले निजी विद्यालयले शुल्यकमा गरेको मनोमानीको चिरफार गरेको हो ।

समाचार अनुसार, प्रिमियर इन्टरनेशनल स्कुल, रातोबंगाला स्कुल र द चाँदवाग स्कुलले मनलाग्दी शुल्क असुल गरिरहेका छन् । यी विद्यालयले १ कक्षाका विद्यार्थीसँग भर्नादेखि लन्चसम्मका शीर्षकमा अत्यासलाग्दो शुल्क लिने गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.