कांग्रेस संसदिय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमानले पाए १९ मत

321

 

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन । देउवाले ४४ मत पाए भने पूर्वमहामन्त्री सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।

 

Leave A Reply

Your email address will not be published.