मदन भण्डारी कलेजमा “भोली देखि नआउ”आतंक !!

कतिखेर जागिर जाने हो भन्दै कर्मचारी त्राहिमाम् !!

22,337

 

काठमाडौं, बैशाख ७ । लोकप्रिय जननेता मदन भण्डारीको नाम सुन्ने वित्तिकै आम नेपालीको श्रद्धाले शिर झुक्छ । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भण्डारीको लोकतान्त्रिक आन्दोलनमा अद्धितिय योगदान  सर्बविदितै छ । नेपाली श्रमजिवी जनताको पक्षमा आफ्नो जीवन उत्सर्ग गर्नु भएका भण्डारी जनताको बहुदलिय जनवादका प्रणेता समेत हुन् । आम श्रमजिवि जनताको हित र सम्मानित जीवनका निमित्त उहाँको राजनीतिक योगदान र जनमुखी सस्कृतिको निर्माणमा उहाँको पहल आम नेपाली जनताले बिर्सेका छैनन् । तर विडम्बना उनै आदरणीय भण्डारीको नाममा स्थापित कलेजमा यस्तो पनि हुन्छ भनेर धेरैलाई पत्यार नलाग्न सक्छ ।

कुरो उनै लोकप्रिय नेता भण्डारीको नामबाट स्थापित अनामनगर विजुलीबजारस्थित मदन भण्डारी मेमोरीयल कलेजको हो । गरिब र निमुखा जनताको छोराछोरीलाई न्यून शुल्कमा पठन पाठन गराउने उद्धेश्यले स्थापना भएको कलेजमा देखिएको विकृति उदेक लाग्दो छ ।

दश जोड दुई देखि स्नातकोत्तरसम्मको पढाइ हुने कलेजमा २१ कर्मचारी र झण्डै ८० शिक्षक शिक्षिका कार्यरत छन् । तर कलेज प्रशासनको स्वेच्छाचारी गतिविधिले कर्मचारी र शिक्षक शिक्षिका बारम्बार मर्कामा पर्ने गरेका छन् । क्याम्पस प्रमुख डम्बर बहादुर हमाल, प्रशासन प्रमुख हरी बहादुर चन्द, दश जोड दुईकी संयोजक निरुजा फुँयाल र उनीहरुको आसेपासेको स्वच्छाचारी गतिविधिले कलेजमा लामो समयदेखि श्रम गर्दै आएका कर्मचारी हैरान भएका छन् ।

कलेज प्रमुख हमालले आफ्ना आसेपासेको कुरा सुन्दै कर्मचारीसँग विभेदपूर्ण व्यवहार गर्ने गरेको नाम नखुलाउने शर्तमा कलेजकै एक बाहालवाला कर्मचारीले बताए । कलेज प्रमुख हमालले पछिल्लो एक सातामा मात्रै कलेजका तीन कर्मचारीलाई विना कुनै प्रक्रिया कामबाट निश्कासित गरिसकेका छन् । अघिल्लो दिनसम्म काममा खटिएका कर्मचारीलाई एक्कासी आफ्नो कार्यकक्षमा बोलाउँदै -“तपाइको जागिर गयो भोलीदेखि नआउनु होला” भन्दै निश्कासन गरेका छन् ।

करिब चार महीनाअघि कलेजको लेखाशाखामा नियुक्त भएकी एक महीला कर्मचारीलाई हमालले अपमानजनक ढंगबाट चैत्र ३० गते शुक्रबार कामबाट निकालेका हुन् । उनलाई जागिर दिन न त हमाललाई कुनै प्रक्रिया चाहियो न त निश्कासन गर्न । घरेलु कामदारलाई समेत सम्मानजनक ढंगबाट काममा लगाउनु पर्ने आवाज उठिरहेको बेला हमाललको यो कार्यशैलीले आम कर्मचारी र शिक्षक शिक्षिकामा असन्तुष्टि बढेको छ ।

हमाल र उनका आसेपासेलाई खुशी पार्न नसक्ने कर्मचारीको कतिखेर जागिर जाने हो र अपमानजनक ढंगबाट निश्कासित हुनु पर्ने हो भन्दै कर्मचारीहरुमा त्रास फैलेको  आफ्नो नाम उल्लेख नगर्न बारम्बार आग्रह गर्दै न्यूजभ्युजनेपाल डटकमको सम्पर्कमा आएका ती बाहालवाला कर्मचारीले भने । “हरेक औपचारिक संस्थामा कर्मचारी भर्ना गर्ने र हटाउने एउटा प्रक्रिया हुन्छ तर मनलाग्दी तरिकाले राख्ने र निकाल्ने यो कस्तो मनलाग्दी हो,?” ती कर्मचारीले आक्रोश पोखे । “लामो समय यहि काम गरियो अब कता जाने ?तर कतिखेर अपमानजनक ढंगबाट निकाल्ने हो पत्तो छैन, “उनले भने ।

“कर्मचारीको कमी कमजोरी र गल्तिनै भएपनि सम्मानजनक ढंगबाट एउटा प्रक्रियामार्फत विदाइ गर्ने आम प्रचलन हुन्छ । तर कम्युनिष्ट नेताको नामबाट खुलेको कलेजमै यो हदसम्मको सामन्ती हुकुमी शासन देख्नु परेको छ ” उनले भने ।

“कलेजमा कार्यरत कलेजकै एक पूर्वविद्यार्थी त झन अघिल्लो दिनसम्म बिद्यार्थी लिएर पिकनिक जान बाध्य भइन् र भोलीपल्ट १० बजे कलेज आइपुग्दा नपुग्दै जागिरबाट निकालिइन् ।” आफ्नो नाम उल्लेख नगर्न बारम्बार हामीसँग आग्रह गर्दै हाम्रो सम्पर्कमा आएका ती बाहालवाला कर्मचारीले भने “यस्तो पनि हुँदोरेछ!!” । “क्याम्पस प्रमुख हमाल कलेजकै तल्लो तहमा काम गर्ने एक चाप्लुसी टाइपका व्यक्तिको कुरा सुन्छन” ती कर्मचारीको आरोप छ ।

यस्तै नियती गत मंगबलार एक अंग्रेजी शिक्षकले पनि भोगे । दश जोड दुईका शिक्षक उनलाई दश जोड दुइकी संयोजक निरुजाले फोन गरेर डाक्दै भनिन्ः “भोली देखि काममा नआउनु होला” । अपमानजनक निश्कासनले आफ्नो व्यावासायिक करिएरमै दाग लाग्ने देखेर ती शिक्षक चुपचाप घर फर्केका थिए ।

जननेता मदन भण्डारी अब कुनै पार्टीका भन्दा पनि आम नेपाल र नेपालीका नेताका रुपमा स्विकार्य भइसकेका छन् । तर उहाँको नाम बेचेर हुकुमी शासन देखाउँदै कलेजमा श्रम गर्नेहरुको हुर्मत लिनेहरु अझै आफ्नो बचाउ गर्न शक्तिकेन्द्रमा धाउदै साखुल्य बन्ने दौडधुपमा रहेको स्रोतले बतायो ।

1 Comment
  1. Bishwambhar says

    Dambar sir ta pahile dekhi nai mann pardaina thiyo malai.

Leave A Reply

Your email address will not be published.